नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनीस नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार भिन्सेन्जोलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो।
यस अघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो ।
from Nagarik News - Home नागरिक