Notification texts go here Contact Us Buy Now!

प्रधानमन्त्रीले अपमानित ढंगले रोके परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालले जेनेभा भ्रमणका लागि एयरपोर्ट जाने तयारी गरिरहेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अकस्मात् रोकेका छन्। प्रधानमन्त्री दाहालको त्यस किसिमको व्यवहारबाट मन्त्री पौड्यालले अपमानित महसुस गरेकी छन्। विमानस्थल पुगेर भ्रमण रद्द भएको भन्दै फर्किनुभन्दा उनी मन्त्रालयबाट सोझै निवासतिर लागेकी थिइन्।

मन्त्री पौड्यालकी प्रेस संयोजक यशोदा अधिकारीले प्रधानमन्त्री दाहालले अचानक मन्त्रीको जेनेभा भ्रमण रद्द गर्न लगाएका हुन्। ‘आइतबार साँझ ६ बजेको उडानका लागि मन्त्रीज्यू एयरपोर्ट पुग्ने कार्यक्रम थियो। उहाँले मन्त्रालयबाट सोझै एयरपोर्ट जाने तयारी गर्नुभएको थियो,’ अधिकारीले भनिन्, ‘विदेश भ्रमणको तयारी भइरहेका बेला अचानक मुख्यसचिव शंकरदास वैरागीले फोन गरेर प्रधानमन्त्रीबाट भ्रमण रद्द गर्न निर्देशन आएको जानकारी गराउनुभयो।’ प्रधानमन्त्रीले जेनेभा भ्रमण किन रद्द गर्न लगाए भन्ने विषयमा मुख्य सचिवले केही नखुलाएको अधिकारीले बताइन्।

पौड्याल नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जाने तयारीमा थिइन्। आइतबार बिहान उनले पत्रकार सम्मेलन गरेर आफू जेनेभातर्फ जान लागेको जानकारीसमेत गराएकी थिइन्। मानवअधिकारको क्षेत्रमा नेपालले गरेका उपलब्धिबारे जेनेभा सम्मेलनमा सम्बोधन गर्ने तयारी गरेको उनले बताएकी थिइन्। जेनेभा भ्रमणपछि दोहाको कतारमा हुन लागेको अति कम विकसित राष्ट्रहरूको सम्मेलनमा भाग लिने पौड्यालको योजना थियो। स्रोतका अनुसार अब उनको दोहा भ्रमण पनि रद्द भएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार एक साताअघि मन्त्रिपरिषद्बाट मन्त्री राई पौड्यालको जेनेभा भ्रमण तय भएको थियो। त्यतिबेलै प्रधानमन्त्री दाहालले पूर्वकानुन तथा संसदीय व्यवस्थामन्त्री गोविन्द शर्मा बन्दीको नामसमेत समावेश गर्न निर्देशन दिएका थिए। सोहीअनुसार भ्रमण कार्यक्रम तय गरिएको थियो। मन्त्रीले मुलुकले महिला प्रतिनिधित्व र यौनिक अल्पसंख्यकको विषयमा भएको प्रगतिका बारेमा समेत धारणा राख्ने तयारी गरेकी थिइन्। संक्रमणकालीन न्यायबारे राखिने चासोका सम्बन्धमा समेत नेपालका तर्फबाट काम भइरहेको र थप प्रगति उन्मुख रहेको बताउने योजना उनको थियो।

प्रधानमन्त्री दाहाललाई भने अहिले सत्ता समीकरण परिवर्तन हुन लागेको र राष्ट्रपतिमा एमालेलाई समर्थन नगर्ने भएका कारण बैठकमा मन्त्री राई पौड्यालबाट प्रतिकूल धारणा व्यक्त हुन्छ भन्ने डर लागेको हुन सक्ने मन्त्रालय स्रोतको दाबी छ। त्यसैगरी मन्त्रिपरिषद् हेरफेर पनि गर्नुपर्ने भएकाले दाहालले उनलाई रोकेका हुन सक्छन्। मन्त्रीले राष्ट्रिय मानवअधिकार आयोगलाई ‘ख’ श्रेणीमा घटुवा गर्ने निर्णयविरुद्ध पनि आवाज उठाउने तयारी गरेकी थिइन्।

‘मैले त राज्यको प्रतिरक्षा गर्ने गरी वक्तव्यको तयारी गरेकी थिएँ,’आफ्नो भ्रमण रोकिएपछि मन्त्री राई पौड्यालले नागरिकसँग संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘मबाट कसैका विरुद्धमा कुनै कुरा हुने थिएन।’

मन्त्रालय स्रोतका अनुसार आइतबार बिहानै प्रधानमन्त्री दाहालले मन्त्री राई पौड्यालसँग भ्रमणबारे जिज्ञासा राखेको र उनले साँझपख उडान भएको जानकारी गराएकी थिइन्। अचानक अपराह्न मुख्य सचिवले फोन गरेर भ्रमणमा नजान प्रधानमन्त्रीको निर्देशन रहेको जानकारी दिएका थिए। मन्त्री राई पौड्यालले दाहालसँग कुरा गर्न खोज्दा उनी गोर्खामा रहेको जानकारी पाएकी थिइन्। अन्तिममा पूर्वमन्त्री बन्दीलाई नै नेतृत्व गरेर जेनेभा जान भनिएको थियो। बन्दीका साथमा प्रधानमन्त्रीको कार्यालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल जेनेभा गएकी छन्। परराष्ट्रमन्त्री राई पौड्यालको भ्रमण अन्तिम अवस्थामा रोक लगाएको घटनाले अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको ध्यानाकर्षण हुन सक्ने सम्भावना छ। बहालवाला मन्त्री नपठाई पूर्वमन्त्रीलाई नेतृत्व गर्न दिनुको उद्देश्यबारे सरकारले भने केही बताइसकेको छैन।



from Nagarik News - Home नागरिक

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.