Notification texts go here Contact Us Buy Now!

बरहथवाका तीन गाउँका बासिन्दा दुई महिनादेखि अन्धकारमा

बरहथवा नगरपालिका-११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन्।

बरहथवा-११ का बासिन्दा मंसिरदेखि अन्धकारमा बस्न बाध्य भएका हुन्। यहाँस्थित विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था मार्फत २०६७ सालदेखि बिजुली बाल्दै आएका आफूहरू गएको मंसिर २७ गतेदेखि अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासीको गुनासो छ।

सहकारी संस्थाले बिजुलीको बक्यौता रकम चुक्ता नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले बरहथवा-११ को हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँमा बत्ती काटेपछि मंसिरदेखि आफूहरू अन्धकारमा बस्न बाध्य भएको स्थानीय रामगुलाम महतोले बताए।

उनका अनुसार सामुदायिक विद्युतीकरण अन्तर्गत विद्युत् प्राधिकरणले एक ठाउँमा थोक मिटर राख्ने र त्यही मिटर रिडिङ गरेर सहकारीको नाममा बिजुलीको एकमुष्ट बिल काट्ने गरेको थियो। त्यसपछि सहकारीले आफ्ना कर्मचारी खटाएर स्थानीयवासीको घरघरमा रहेको मिटर रिडिङ गरेर पैसा संकलन गर्दै आइरहेको थियो।

पछिल्लो समय भने सहकारीले पैसा बुझाउन नसकेपछि प्राधिकरणले गाउँको बत्ती काटेदेखि आफूहरू अहिले टुकीको भरमा रात काट्न बाध्य भएको स्थानीय कपिल रायले बताए। उनका अनुसार मोबाइल चार्ज गर्न समेत छिमेकी गाउँ वा बरहथवा बजारसम्म आउनुपर्ने बाध्यता छ।

नियमित बिजुली महसुल बुझाउनेको समेत बत्ती काटिएको स्थानीय लोकप्रसाद पराजुलीले बताए। उनका अनुसार सहकारी संस्थाका पदाधिकारीले सुरुदेखि नै हेलचेक्य्राइँ गर्दा अन्धकारमा बस्नुपरेको छ। गाउँमा बिजुली नहुँदा स्थानीयले अन्यत्र रहेका आफन्तसँग कुराकानी गर्न पाएका छैनन्।

बिजुली नहुँदा बरहथवा-११ स्थित वडा कार्यालयमा अनलाइनबाट हुने सम्पूर्ण काम प्रभावित बनेको वडाध्यक्ष नवराज राईले बताए। उनका अनुसार बत्ती नरहेकाले अनलाइनबाट हुने घटना दर्ताका लागि सेवाग्राहीलाई नगरपालिका कार्यालयमै पठाउनुपर्ने बाध्यता सिर्जना भएको छ।

सुरुमा जसरी पनि गाउँमा बत्ती बाल्नुपर्छ भनेर सामुदायिक विद्युतीकरण गरिएको विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाका उपाध्यक्ष रामकृष्ण चालिसेले बताए। उनले कतिपय ग्राहकले पैसा नबुझाइदिंदा यो अवस्था आएको बताए। प्राधिकरणले यसअघि पनि बेलाबेलामा गाउँमा आएर बत्ती काट्दा स्थानीयले पैसा उठाएर केही बक्यौता रकम तिरेर सञ्चालन गराउने गरेका भए पनि यस पटक करिब दुई महिनादेखि देखिएको समस्या समाधानमा कसैको चासो छैन।

ग्रामीण विद्युतीकरण असफल भएपछि अब भने सोझै प्राधिकरणबाट घरघरमा मिटर राखेर प्राधिकरणले नै मिटर रिडिङ गर्ने व्यवस्था मिलाउन लागिएको नगर प्रमुख कल्पनाकुमारी कटुवालले बताइन्।

उनले ग्रामीण विद्युतीकरण गर्ने सहकारीले लेखापरीक्षण केही नगरेको र संस्था नै लथालिङ अवस्थामा रहेकाले प्राधिकरणकै माध्यमबाट बिजुली मिटर प्रयोग गरी महसुल संकलनको व्यवस्था मिलाउन लागिपरेको बताए।

सामुदायिक विद्युतीकरणलाई प्राधिकरणमै गाभ्ने प्रक्रिया अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका सुपरभाइजर छोटेलाल यादवले बताए। उनका अनुसार हाल सहकारीको नाममा रहेको ३ लाख रुपैयाँ बक्यौता नगरपालिकाले तिर्ने सहमतिपछि सो गाउँमा मिटर जडान गरेर लाइन जोड्ने तयारी भइरहेको छ। रासस



from Nagarik News - Home नागरिक

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.