प्रदेश नम्बर १ को प्रदेश सभाले प्रदेशको नाम प्रस्ताव गर्न आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव आह्वानको सूचना टाँस गरेको हो। आज १० बजेदेखि १२ बजेसम्म आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष गर्न भनिएकाे छ।
नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशसभा सदस्यहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको हो। प्रदेश नम्बर १ को प्रदेशको नामाकरणका लागि प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची-९ को ढाँचामा प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरूलाई आज दिनको १०ः०० बजे देखि १२ः०० बजे सम्म आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउन अनुरोध गरिएको छ।
अर्काे सूचनामा आजको बैठकमा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश भइ निर्णय हुने कार्यसूची प्रदेश सभाले सार्वजानिक गरेको छ।
from Nagarik News - Home नागरिक