Notification texts go here Contact Us Buy Now!

भिडियोलाई लिएर प्रेम आर्चायले उठाउन खोजेको मुद्दालाई ओझेलमा नपारौं: डा. तोसिमा कार्की

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा आत्मदाह प्रयास गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडियो खिचेको र मेडिकल पन्जा र अनुमतिबिना छिरेको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छिन्।

उनले आफ्नो आधिकारिक फेसबूक पेजमार्फत आफूले भिडिओ नखिचेको स्पष्टीकरण दिएकी हुन्। आत्मदाह प्रयास गरेका उनलाई मृत्युको मुखमा कसले पन्जा लगाएर छोयो/छोएन र कसले भिडियो खिच्यो र खिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयंमले उठाउन खोजेको तमाम प्रश्नहरुको जवाफ खोज्ने बहसलाई ओझेलमा पार्न नहुने उनले बताइन्।

उनले फेसबुकमा लेखेकी छन् ,‘खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकिय मात्र गएका थियौँ। हामी अस्पतालको गेटमा पुग्दा नै त्यहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आइसीयूसम्म पुर्‍याउन आउनुभयो। ड्युटीको डाक्टर भने आइसीयूको ढोकासम्म मलाई लिन आउनुभएको थियो। अहिले सबैको हात-हातमा मोबाइल भएको अवस्थामा तत्पश्चात त्यहाँभित्रको कसलाई छिर्न दिइयो, को को छिर्‍यो , को छिरेन , को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौं, यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला।’

उनले आइसीयू प्रोटोकल पालना नगरेको सन्दर्भमा आफूले आइसीयू प्रोटोकल पालना गरेको बताइन्। उनले भनेकी छन्, ‘जलेर मृत्युको मुखमा पुगेको बिरामीलाई, तर म आफू पनि शल्यचिकित्सकको नाताले आइसीयू भेट्न जान मलाई कुनै ठूलो प्रक्रिया आवश्यक थिएन।’

उनले ज्यान गुमाइसकेका व्यक्तिको मृत्युमाथि राजनीति नगर्न आग्रह समेत गरिन्।



from Nagarik News - Home नागरिक

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.