Notification texts go here Contact Us Buy Now!

फर्नान्डिजलाई जेलबाट प्रेमपत्र

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज आफ्नो पुरानो प्रेमी तथा दुई सय करोड भारुको मुद्राका अपचलन आरोपी भारतीय नागरिक सुकेश चन्द्र शेखरका कारण बेला बेला समाचार र गसिपको विषय बन्ने गर्छिन्।

यही मामलामा कानुनी झमेलामा फसेपछि सुकेशले आफ्नो भावनामाथि खेलबाड गरेको तथा आफ्नो करिअर बर्बाद गरेको बताउँदै आएकी उनलाई सुकेशले भने बेला बेलामा जेलबाटै सम्झने गर्छन्। हालै परेको क्रिस्चियन धर्मावलम्बीको चाड इस्टरको अवसरमा उनले जेलबाटै ज्याकलिनलाई एक पत्र लेख्दै शुभ कामना दिएका छन्।

जब म टेलिभिजन विज्ञापनहरु हेर्छु, मलाई तिम्रो याद आउन थाल्छ। त्यसपछि म केवल तिम्रो बारेमा नै सोच्छु। तिमीलाई थाहा पनि छैन कि तिमी कति राम्री छौं। यो पूरा ब्रह्माण्डमा नै तिमी जतिकी सुन्दरी अरु छैनन्। मेरो बच्चा म तिमीलाई असाध्यै माया गर्छु, पत्रमा उनले लेखेका छन्।

दिल्लीस्थित मण्डली जेलमा कैद सजाय भोगिरहेका सुकेशको तर्फबाट उनका वकिल अनन्त मलिकले जारी गरेको उक्त पत्रमा थप लेखिएको छ ञयो तिम्रै मनपर्ने चाडमध्ये एक हो। त्यसैले, तिमीलाई यस इस्टरमा निकै मिस गरिरहेको छु। मलाई याद छ कि कसरी तिमी बच्चाले जस्तै गरी अण्डा फुटाएर त्यसमा मैनबत्ती राख्ने गथ्र्यौ। म वाचा गर्छु कि अब आउने इस्टर तिम्रो जीवनकै खास हुनेछ।

पछिल्लोपटक आफ्नो जन्मदिनको अवसर पारेर सुकेशले ज्याकलिनको नाममा एक पत्र लेखेका थिए। ज्याकलिन भने पत्रको मामलामा मौन रहँदै आएकी छन्।



from April 12, 2023 at 06:30AM Naresh Rana

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.