
आफ्नो डेब्यु फिल्म हमेशा र त्यसपछिका फिल्मबाट पनि दर्शकको नजरमा खासै पर्न नसकेका अभिनेता नरन खड्का पर्सी शुक्रबारदेखि अल नेपाल रिलिजमा आउने फिल्म बुलाकीबाट भने आशावादी छन्।
हमेशापछि केही नेपाली र भोजपुरी फिल्ममा अभिनय गरेका उनलाई अब भने बुलाकीमा सशक्त भूमिकामा प्रस्तुत भएकाले दर्शकको नजरमा पर्ने र मन जित्नेमा भरोसा छ। ञकतिपय अवस्थामा मेरो पनि आप्mनै कमजोरी भए। सायद मैले केही नगर्नुपर्ने प्रोजेक्टमा पनि काम गरेँ। तर, बुलाकीमा मैले सानदार काम गरेको छु। त्यसैले, यसबाट दर्शकले रुचाउनेमा ढुक्क छु, नरेन भन्छन्।
बुलाकीमा अभिनेता खड्काले कर्णाली प्रदेशको एक साधारण युवक चन्द्रयाको भूमिका निर्वाह गरेका छन्। विवाह गरेको लामो समयसम्म पनि निःसन्तान भएका कारण खेती किसानी गरेर आमा र श्रीमतीको खर्च जोहो गर्ने उसको श्रीमतीसँग सम्बन्ध राम्रो छैन। अभिनेता खड्का आफैं पनि सुदूरपश्चिममा जन्मी हुर्केकाले कर्णाली प्रदेशको एक साधारण युवकको भूमिकामा काम गर्न सहज भएको बताउँछन्। ञत्यसैले पनि बुलाकी मेरो कमब्याक फिल्म हुनेछु उनको दाबी छ। फिल्ममा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अवरोह प्रस्तुत गरिएको उनले बताए।
फिल्ममा अभिनेता खड्काका साथ सुरक्षा पन्त, विराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईं, प्रकाश कँडेल, सरस्वती खत्रीलगायतले अभिनय गरेका छन्।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व. मोति विष्टको प्रस्तुति रहेको फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका छन् भने राजबहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्टको पटकथा र संवाद, शिव ढकालको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।
from April 12, 2023 at 07:25AM Naresh Rana