Notification texts go here Contact Us Buy Now!

अमेरिकी डलरको कारोबार स्थिर, युरोकाे भाउ बढ्याे

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। यसअघि शुक्रबार डलरको भाउ १९ पैसाले घटेको थियो । आइतबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि शुक्रबार पनि उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोमा उकालाे लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा १३ पैसाले बढेको हो । शुक्रबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ १८ पैसा कायम गरिएको थियो।

आइतबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा एक रुपैयाँ २६ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ६२ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७७ पैसा तोकिएको छ । यता, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रुपैयाँ २६ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

आइतबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा आइतबार ४२६ रुपैयाँ ८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३५ पैसा तोकिएको छ।



from April 09, 2023 at 09:20AM newsofnepal

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.