Notification texts go here Contact Us Buy Now!

ओम ग्यासद्वारा म्याद गुज्रेका सिलिन्डर नष्ट

ग्यास उद्योगहरूले म्याद गुज्रिएका गुणस्तरहीन सिलिन्डर बजारमा पठाएको भनेर आलोचना भइरहेका बेला ओम ग्यास उद्योगले भने पुराना सिलिन्डर नष्ट गरेको छ। उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम, उपभोक्ता अधिकारकर्मीको रोबहरमा आइतबार नष्ट गरेको हो।

हाइड्रोलिक टेष्ट फेल भएका सिलिन्डर काटेर नष्ट गरेको ओम ग्यासका सञ्चालक हरि पाठकले बताए। पाठकका अनुसार ५ सय ५९ सिलिन्डर नष्ट गरिएको छ। उपभोक्ताको सुरक्षालाई ध्यान दिएर थोत्रा सिलिन्डर नष्ट गरिएको पाठकले बताए।

‘ग्यास भर्नुअघि म्याद पुगेका सिलिन्डरको हाइड्रोलिक टेष्ट गर्छौं,’ पाठकले भने, ‘परीक्षणमा फेल भएपछि संकलन गरेका सिलिन्डर नष्ट गरेका छौं।’ हरेक नागरिकको भान्सामा प्रयोग हुने ग्यास सिलिन्डरको कारण दुर्घटना नहोस् भनेर सचेत रहेको उनले बताए। ‘ग्यासको सुरक्षा मापदण्ड पालना गर्न संवेदनशील छौं,’ पाठकले भने, ‘मापदण्ड नपुगेका ग्यास सिलिन्डर बजारमा पठाउँदैनौं।’

बाबा ग्यासले उपभोक्ताको सुरक्षामा ध्यान दिएर म्याद गुज्रिएका र परीक्षणमा फेल भएका सिलिन्डर नष्ट गरेर राम्रो काम गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए। ओम ग्यासले व्यावसायिक जिम्मेवारी पूरा गरेको उनले बताए। ‘धेरै ग्यासका गुणस्तरहीन सिलिन्डर अहिले पनि बजारमा देखिन्छन्,’ तिमल्सिनाले भने, ‘ओमले व्यावसायिक धर्म अनुसार पुराना सिलिन्डर नष्ट गरेर सकरात्मक सन्देश दिएको छ।’

ओम ग्यासको रिफिलिङ प्लान्ट धादिङमा रहेको छ। यो ग्यास उद्योगको क्षमता २ सय टन रहेको छ। ओमले २ लाख ३ हजार ८ सय ५८ ग्यास सिलिन्डर बजारमा पठाएको छ। उद्योग फूल अटोमेसनमा सञ्चालन गरेको सञ्चालक पाठकले बताए। ‘नयाँ प्रविधि प्रयोग गरेर मापदण्ड अनुसार फुल अटोमेसनमा सञ्चालन गरेका छौं,’ उनले भने, ‘उद्योग भित्र पनि सुरक्षा मापदण्ड अपनाइएको छ।’

उद्योगले नियामक निकायका अधिकारीको रोबहरमा नष्ट गरेको हो। ग्यासको सिलिन्डरमा म्याद नगुज्रिएको भए पनि उद्योगले परीक्षण गर्दा फेल भएका सिलिन्डर समेत नष्ट गरेको थियो। पछिल्लो समय ग्यास सिलिण्डर विष्फोटका घटनाले भान्सामा रहेका ग्यास सिलिण्डरको सुरक्षामा प्रश्न चिह्न उठीरहेका बेला ओमले पुराना ग्यास नष्ट गरेर सकरात्मक सन्देश दिएको नेपाल नापतौल तथा गुणस्तर विभागका अधिकृत दिपेन्द्रकुमार झाले बताए। ‘हरेक ग्यास उद्योगलाई मापदण्ड पूरा गर्न निर्देशन दिएका छौं,’ झाले भने, ‘ओमले विभागको निर्देशनलाई अनुसरण गर्‍यो।’

नेपाल आयल निगमका अनुसार सिलिन्डर पहिलो पटक १० वर्षमा परीक्षण ‘हाइड्रोलिक टेष्ट’ गर्नुपर्छ। त्यो परीक्षणमा उपयुक्त ठहरियो भने थप ५ वर्ष प्रयोग गर्न मिल्छ भन्ने मान्यता छ। यस बेला गरिने परीक्षणमा पनि सही ठहरिए थप ३ वर्षसम्म सिलिन्डर प्रयोग गर्न सकिन्छ तर योबीचमा परीक्षण गर्दा फेल भए नष्ट गर्नुपर्छ। सिलिण्डरहरू खिइएर वा विविध कारणले लिकेज हुने अवस्थामा पुगे भने खतरा हुने भएकैले हरेक ग्यास सिलिण्डरमा उक्त सिलिण्डरको परीक्षण गर्नुपर्ने म्याद लेखिएको हुन्छ।

ओम ग्यासको सिलिन्डरमा ‘बी–२६’ लेखिएको थियो। तर, उक्त सिलिन्डर परीक्षणमा फेल भएपछि नष्ट गरिएको थियो। ‘सिलिन्डरमा म्याद छ भन्दैमा सबै योग्य हुन्छन् भन्ने पनि छैन,’ सञ्चालक पाठकले भने, ‘म्याद भएपछि हाइट्रोलिक टेष्टमा फेल भए पहिलै नष्ट गर्छौं।’



from Nagarik News - Home नागरिक संवाददाता

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.