Notification texts go here Contact Us Buy Now!

नेपालको छनोट सम्भावना कायमै

भीम सार्कीको अनुशासित इनिङ प्रेरणामा नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (युएई) लाई ४२ रनले हराउँदै चार खेलको त्रिकोणात्मक शृंखलामा सुखद अन्त्य गरेको छ।

विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखला खेल्न युएई पुगेको नेपालले एक हार सामना गर्दा तीन खेलको नतिजा आफ्नो पक्षमा पार्दै सुखद अन्त्य गरेको हो। यो जितसँगै नेपालले सीधै विश्वकप छनोटका साथै एकदिवसीय मान्यता जोगाउने सम्भावना कायमै राखेको छ। सात राष्ट्र सम्मिलित विश्वकप लिग–२ को शीर्ष तीन राष्ट्रले सीधै विश्वकप छनोट खेल्न पाउनेछन्। दुबई क्रिकेट मैदानमा नेपालले २ सय ३० रनको लक्ष्य रक्षा गर्दै घरेलु टोलीलाई ४५ ओभरमा १ सय ८७ रनमै समेट्यो। लिग–२ को ३२औं खेलमा नेपालको यो १५औं जित हो।

सोमबार युएईविरुद्ध हारले सीधै विश्वकप छनोट खेल्ने सम्भावना समाप्त हुने थियो। भीम सार्कीको ७० रनको अर्धशतकीय इनिङ र नेपाली बलरले बलिङमा लय समातेपछि युएईमाथि रोमाञ्चक जित निकाल्यो। नेपालले आगामी शुक्रबारदेखि घरेलु मैदानमा पपुवा न्युगिनी (पिएनजी) र युएईलाई आतिथ्यता गर्दा चार खेल खेल्दै लिग–२ को ३६ खेल पूरा गर्नेछ। नेपालले विश्वकप छनोट यात्रा तय गर्न बाँकी चारै खेल र एकदिवसीय मान्यता जोगाउन दुई खेल जित्नुपर्नेछ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालको सुरुआत निकै खराब रह्यो।

युएईले चौथो ओभरको दोस्रो बलमै ओपनर आसिफ सेखलाई ६ रनमै पवेलियन फर्काउँदै नेपाललाई ठूलो झड्का दियो। त्यसपछि समालिन नपाउँदै नेपालले एकपछि अर्को विकेट गुमायो। यस क्रममा कप्तान रोहित पौडेल १ रन, ज्ञानेन्द्र मल्ल ११ रन र दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए। त्यसअघि चौथो विकेटका रूपमा आउट हुनुअघि कुशल मल्लले ३२ रन जोड्दै नेपालको इनिङ उकास्ने प्रयास गरे। तर, युएईका अनुभवी अलराउन्डर रोहन मुस्तफाको बलमा उनी बोल्ड हुन पुगे। आक्रामक ब्याटिङ गरेका कुशलको इनिङमा चार चौका र दुई छक्का रह्यो।

१७.१ ओभरमा खातामा ६८ रन जोड्दा नेपालका पाँच ब्याट्सम्यान पवेलियन फर्किसकेका थिए। तर, भीमले छैटौं विकेटका लागि सन्दीप लामिछानेसँग तथा सातौं विकेटका लागि आरिफ सेखसँग समान ५६ रनको साझेदारी गर्दै नेपालको कमजोर इनिङलाई प्रतिस्पर्धात्मक योगफलतर्पm अग्रसर गराए। अनुभवी ब्याटर सस्तैमा आउट हुँदा नाजुक अवस्थामा पनि नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले सन्दीपको ब्याटिङ अर्डर परिवर्तन गर्दै जोखिम लिए। यद्यपि, उनको त्यो निर्णय केही सही साबित भयो।

सन्दीपले ब्याटिङ परिपक्वता देखाउँदै नेपालको इनिङ अगाडि बढाउन भीमलाई साथ दिए। कार्तिक मेयप्पनको बलमा सन्दीप एक चौकासहित २७ रनमा आउट भए। त्यसपछि आएका आरिफले इनिङको अन्त्यसम्म ब्याटिङ गर्दै इनिङ उकासे। त्यसअघि भीम सार्की ४५औं ओभर र करण केसी १७ रनमा ४८औं ओभरमा आउट भए। भीमले ९९ बलमा सात चौका हिर्काए। आरिफ ४३ रन र प्रतीश जिसी ११ रनमा नटआउट रहे। आरिफले दुई चौका र एक छक्का प्रहार गरे। युएईको बलिङमा जुनैद सिद्दिकीले तीन तथा रोहन मुस्तफा र आर्यन लाक्राले २/२ विकेट लिए। कार्तिकको नाममा एक विकेट रह्यो।

मध्यम लक्ष्य पाएको युएईले इनिङको दोस्रो बलमै कप्तान मुहम्मद वसिमलाई खाता नखोल्दै गुमायो। तर, त्यसपछि युएई समालियो। ओपनर आसिफ खानले ८२ रन र तेस्रो नम्बरमा ब्याटिङ गरेका आर्यन लाक्राले ५० रन जोड्दा युएई सहज जिततर्पm उन्मुख थियो। तर, दीपेन्द्रसिंहले यी दुवैलाई आउट गर्दै नेपाललाई खेलमा फर्काए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भ्रित्य अरविन्दले १३ रन जोड्नुबाहेक अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन असफल रहे। उत्कृष्ट फिल्डिङसँगै नेपाली बलर लयमा फर्किएपछि युएई ३२औं खेलमा १५औं हार बेहोर्न बाध्य भयो।

नेपालको बलिङमा सोमपाल कामी र दीपेन्द्रसिंहले समान तीन तथा करण, सन्दीप र आरिफले १/१ विकेट लिए। यस जितसँगै नेपाल युएईलाई नै पछि पार्दै लिग–२ को पाँचौं स्थानमा उक्लियो। समान ३२ खेलबाट नेपालको ३२ अंक र युएईको ३१ अंक छ। ३६ खेल पूरा गरेका स्कटल्यान्ड ५० अंक, ओमान ४४ अंक, नामिबिया ३९ अंक र अमेरिका ३५ अंकसहित शीर्ष चार स्थानमा छन्। नामिबियासहित युएई र नेपालको तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाउने सम्भावना बाँकी छ। यद्यपि, यो हारले युएईको छनोट यात्रा कमजोर भएको छ। बाँकी खेलमा जित निकाल्दा युएईले नेट रनरेट पनि सुधार गर्नुपर्नेछ।



from Nagarik News - Home नागरिक

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.