Notification texts go here Contact Us Buy Now!

काठमाडौं महानगरपालिकाका ८ वडामा स्वास्थ्य बिमा सुरु हुने

सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागु हुन नसकेको नगरपालिकामध्येमा काठमाडौं महानगरपालिकाको ८ वटा वडामा मात्र छिट्टै कार्यक्रम सुरु हुने तयारी भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको वडा नम्बर १९, १२, ७, ३०, २७, २५, १७ र १६ मा केही महिनाभित्रै बिमा कार्यक्रम हुने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए। यी आठवटा वडामा प्रवेशबिन्दु अस्पतालको लागि संरचना तयारी अवस्थामा रहेकाले पहिलो चरणमा यी आठ वडाबाट सेवा दिने तयारी भएको मानन्धरले बताए।

बढी जनघनत्व रहेका वडामा स्वास्थ्य बिमा कार्यक्रम गर्न ठूला अस्पतालबाट एकैपटक सेवा दिन असम्भव भएकोले स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम लागु गर्नको लागि प्रवेश बिन्दु अस्पताल निर्माणको प्रबन्ध मिलाउन सुझाएको थियो। सोही अनुसार उपत्यकाका तीनवटा जिल्लाका नगरपालिकाहरूलाई प्रवेश बिन्दु अस्पताल आवश्यक परेको स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए। सोही अनुसार प्रवेश बिन्दु अस्पताल निर्माण कार्यमा महानगरपालिकाले प्रक्रिया अघि बढाएको हो।

हालसम्म ८ वठा वडाहरूमा प्रवेश अस्पतालको सेवा दिनको लागि भौतिक संरचना पहिला नै रहेको अन्य संरचना एक्सरे,प्रयोगाशाला,चिकित्सक तयारी गरिने प्रवक्ता मानन्धरले बताए। यो सेवाको लागि महानगरपालिकाले कार्यविधि तयार गरिसकेकोले काठमाडौं महानगरपालिका चरणबद्धरूपमा स्वास्थ्य विमा लागु गर्दैै जाने बताए। तर कतिपय वडाहरूमा अहिले पनि भौतिक संरचना नरहेको कारण एकैपटक स्वास्थ्य बिमा दिन सक्ने स्थिति नरहेको मानन्धरले बताए।

प्रवेश बिन्दु अस्पतालहरूमा सामान्य प्रकारका उपचार हुने तर विशिष्ट सेवा प्रदान गर्नको लागि ठूला अस्पतालमा रेफर गरिने गरी बिमा लागु गर्न लागिएको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौलाले बताए। उपत्यकामा काठमाडौं, बूढानीलकण्ठ, कीर्तिपुर, तारकेश्वर र ललितपुर नगरपालिकामा स्वास्थ्य बिमा सुरु हुन बाँकी रहेको छ। प्रथम सेवा बिन्दु अस्पताल बनेमा मात्र सबैतिर स्वास्थ्य बिमा लागु हुन सम्भव रहेको निर्देशक बसौलाको भनाइ छ। प्रथम सेवा बिन्दु अस्पतालमा आफ्नै फार्मेसी, प्रयोगशाला, एक्सरे, एक चिकित्सक अनिवार्यरूपमा हुनुपर्छ।

सरकारले २०७२ सालवाट स्वास्थ्य बिमा सेवा कार्यक्रम सुरु गरेको थियो। स्वास्थ्य विमा कार्यक्रम अनुसार पाँच जना सदस्य रहेको परिवारले मासिक २५ सय बुझाएमा १ लाखसम्मको स्वास्थ्य सेवा लिन सकिन्छ भने पाँचजनाभन्दा बढी सदस्य भएमा ७ हजार बुझाएमा प्रति सदस्यले २० हजारदेखि २ लासम्मको उपचार सेवा लिन सक्छन। हालसम्म नेपालभरका ३ सय ७५ वटा अस्पताल स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सूचीकृत भइकसेका छन् भने ३७ लाख १० हजार ९ सय ६२ जना विमा कार्यक्रममा आवद्ध भइसकेका छन् ।



from Nagarik News - Home पवित्रा सुनार

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.