Notification texts go here Contact Us Buy Now!

कम्युनिस्ट चकचकीमा सबै चुपचाप

एकथरी विश्लेषकको भनाइ छ– ‘कम्युनिस्टहरू बनावटी, झूट र काल्पनिक कुरामा विश्वास गर्छन्। उनीहरू पहिला जनतालाई भड्काउँछन्, तर्साउँछन्, लोभ्याउँछन् र सत्ता हातमा लिएपछि निर्दयी र कठोर बन्छन्।’ यो कुरा धेरै हदसम्म सही पनि हुनुपर्छ।

कम्युनिज्ममा समाज वर्गविहीन हुन्छ। निजी सम्पत्ति र उत्पादनका साधनको स्वामित्व सामूहिक हुन्छ। व्यक्तिको उपभोग, उत्पादन, वितरण, व्यापार आदिमा निर्णय गर्ने क्षमता व्यक्तिको नहुने भएकाले त्यसको व्यवस्था राज्यनियन्त्रित हुन्छ। अनि कम्युनिज्ममा ईश्वरको अस्तित्व पनि स्वीकारिँदैन।

नेपालमा नेमकिपा मात्र त्यस्तो पार्टी हो जसले माक्र्सवाद, लेनिनवाद तथा माओत्सेतुङ विचारधाराको पालना र वकालत गर्दै आएको छ। सधैं देश र जनताका पक्षमा आफूलाई सक्रिय गराउँदै आएको छ। नेमकिपाबाहेक अन्य कथित कम्युनिस्ट पार्टीको गतिविधि हेर्‍यौं भने वैराग र घिन लागेर आउँछ।

केही वर्षअघिसम्मको कुरा हो, त्यस्ता कथित कम्युनिस्टहरू ‘विचारनिर्माण’ का नाममा यसरी सामाजिक धावा बोल्थे कि अरूले पनि उनीहरूकै मनभित्र पसेर मात्र सोच्नुपथ्र्यो। कसैले आफ्नो स्वच्छ ब्रह्म, उच्च विवेक र गहिरो चिन्तनबाट निकालेका निष्कर्ष सार्वजनिक गर्न पनि खुब डराउनुपथ्र्यो। नेपालमा आफूलाई कम्युनिस्ट भन्नेहरू कतिसम्म गर्थे भने अरूले आफ्नो रुचि र इच्छाअनुसार कुनै पनि सिर्जना वा ग्रन्थ पढ्न पाउने अधिकार पनि हनन गर्थे। उनीहरूकै मर्जी, लहड र बुझाइमा, अधिकांश स्रष्टाहरूलाई ‘ब्ल्याक लिस्ट’मा राखिन्थ्यो। उनीहरूको विश्लेषण के हुन्थ्यो भने, ‘ब्ल्याक लिस्ट’मा परेका लेखकका रचनाले क्रान्तिलाई मद्दत पु¥याउँदैन। पछिल्लोे समयमा पनि कम्युनिस्ट पार्टीका कार्यकर्ताले कतिपय अवस्थामा पार्टीको निर्देशनअनुसार नै पढ्नुलेख्नुपर्ने अवस्था रहेको हो। मानौं, कुनै पनि कम्युनिस्ट पार्टीको सदस्य हुनासाथ आफ्ना मौलिक विचार, मौलिक सिर्जना र मौलिक हक नै बिर्सनुपर्छ। अब अहिले त ती सबै कुरा ‘सत्ताकेन्द्रित स्वाहा’मा लिप्त भएर सिद्धिएको छ। यो कस्तो अलैङ्गिक ‘लोकतान्त्रिक कम्युनिस्ट विचार’ होला !

धेरैलाई थाहा भएकै कुरा हो, पारिजातको उपन्यास ‘शिरीषको फूल’को अङ्ग्रेजी अनुवाद अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयमा ‘द ब्लु मिमोसा’का नाममा पढाइ हुन्छ। नेपालीको गौरवसँग गाँसिएको यस्तो अन्तर्राष्ट्रिय गुणस्तरको पुस्तकलाई नेपालका कम्युनिस्टले एकताका ‘ब्ल्याक लिस्ट’मा राखेका थिए। त्यतिले मात्र नपुगेर, कुनै बेला त्यसका विरुद्ध अभियान नै छेडेका थिए। मदनमणि दीक्षितले लेखेको भव्य वैचारिक उपन्यास ‘माधवी’ लाई अछुत घोषणा गरियो। सरस्वतीका वरदपुत्र लक्ष्मीप्रसाद देवकोटालाई समेत क्रान्तिकारी कित्तामा राख्न नमिल्ने ठहर गरी ‘ब्ल्याक लिस्ट’मै राखियो।

कुनै पनि पुस्तक पढेपछि प्रबुद्ध पाठक आफैले त्यसका बारेमा स्वतन्त्र मूल्याङ्कन गरेर धारणा बनाउँछ। त्यस विषयमा अर्को व्यक्तिले पनि पढेर गलत मूल्याङ्कन गरी लालबुझक्कड बनेर आफ्नो धारणा राख्छ भने त्यो पनि स्वाभाविकै हो। तर त्यसका सम्बन्धमा ‘पार्टीको निर्देशन’का रूपमा आदेशात्मक र निर्देशित धारणा नै राख्नुचाहिँ पटक्कै सही होइन। तर यहाँ यस्तै गर्ने दुष्प्रयास भएको देखियो।

एघार वर्षअघि हेटौंडामा राष्ट्रिय स्तरको साहित्य सम्मेलन भएको थियो। त्यहाँ विद्वान् लेखक युग पाठकले पेस गरेको कार्यपत्रमा लक्ष्मीप्रसाद देवकोटाको विषयमा तथ्यहीन, अनर्गल, भ्रामक कुरा प्रस्तुत गर्दै उनलाई सत्ताको ताबेदार भनिएको थियो। त्यति मात्र होइन, देवकोटालाई ‘सत्ताको पालनपोषण, संरक्षण र प्रवद्र्धनद्वारा जबर्जस्ती उचालिएका’ समेत भनेर ‘क्रान्तिकारी’ भइएको थियो। त्यस्तो अनर्गल र भ्रामक कुरालाई सभाका सभापतिले र लोकप्रिय कवि मित्रलाल पंगेनीले तुरुन्त खण्डन गरेका थिए।

सर्वहारा र द्वन्द्वात्मक भौतिकवादको व्याख्या गरेर नथाक्ने कम्युनिस्ट जानकारको मूल्याङ्कनमा महात्मा गान्धीको कुनै त्यस्तो देन नै छैन रे ! उनीहरूले भन्ने गरेका छन् ‘महात्मा गान्धीले केही सुधारका कुरासम्म गरेका हुन्। सुधारका कुराले क्रान्तिलाई अल्मल्याउने भएकाले त्यस्ता सुधारलाई स्थान दिनुहुँदैन।’ तर गान्धीको अध्ययन गर्ने हामी सामान्य पाठकलाई पनि के थाहा छ भने, वास्तविक कम्युनिस्टका जस्तो सच्चा व्यवहार महात्मा गान्धीमा पाइन्छ। आफू धनी भएर पनि, ‘भारतका तमाम जनता गरिब छन् र तिनीहरूमध्ये जोसुकैले पनि लाज ढाक्ने धोतीसम्म चाहिँ लगाएका हुनुपर्छ’ भन्ने आधारमा उनले आफ्नो पोसाक तय गरे। उनका सबै तस्बिरमा त्यस्तै लवाइ देख्न पाइन्छ। ‘सर्वोदय’को सपना देख्ने गान्धीले, ‘सम्पूर्ण भारतीयले बिजुली बाल्न नपाएसम्म म पनि बिजुली बाल्दिनँ’ भन्ने मनसायका साथ आफ्नो आश्रममा टुकी बाल्ने गरेका थिए। तर त्यस्ता सक्कली कम्युनिस्ट व्यक्तिलाई नेता मान्न तयार छैनन् हाम्रा नक्कली कम्युनिस्टहरू !

महान् नेता चे ग्वेभाराले भनेका रहेछन्, ‘कम्युनिस्ट पार्टीका नेताको जीवन जोगीका जस्तो हुन्छ।’ त्यस्तै सी जिनपिङले भनेका रहेछन्, ‘निजी सम्पत्तिका मालिक कम्युनिस्ट पार्टीका नेता हुनै सक्दैनन्।’ यी भनाइ सम्झनै चाहँदैनन् हाम्रा नवधनाढ्य कम्युनिस्टहरू ! आफैंलाई ‘कमाउनिस्ट’ घोषणा गरेर लाज पचाउँछन्। सातपुस्तालाई पुग्ने कमाइसके। तर फेरि जे जसरी पनि कमाउन छाडेका छैनन् !

कार्ल माक्र्स जन्मिएको देश जर्मनीमा १२ वटा विश्वविद्यालयमा छुट्टाछुट्टै वेदको अध्ययन र अनुसन्धान भइरहेको बताइन्छ। हाम्रो देशमा भने कम्युनिस्टले सर्वप्रथम वैदिक सभ्यताविरुद्ध लहडी अभियान छेडेका हुन्। कम्युनिस्टभित्रका पनि ‘सच्चा र उग्र’ मानिएका कथित स्वघोषित माओवादीले त वैदिक सभ्यतालाई एकैचोटि खत्तम गर्न कुनै कसर बाँकी राखेका होइनन्। तिनीहरूले नारायण पोखरेलजस्ता विद्वान् पुराणवाचकको हत्या गरे। कतिपय सदाचारी ब्राह्मणलाई सुँगुरको मासु कोचाए। पुरेत्याइँ गरेर घर आउँदै गरेका पुरोहितको सिदा फ्याँकिदिए। सात्विक पुरोहितको घरका चुला छोइदिए। तिनीहरूलाई सँगै बसेर खान बाध्य पारे। टीका-चन्दन-धोतीको खिल्ली उडाए। त्यसो गरेर माओवादीले आफूलाई ‘महान् क्रान्तिकारी’ भने। त्यो बेलामा माओवादीहरू कतैकतै जनताका गोठबाट गाई लान्थे। मन्दिरमा लगेर काट्थे र मूर्ति तथा शिवलिङ्गमा आन्द्रा बेरिदिन्थे। बीस वर्षसम्म दशैंको टीका–जमरा बहिष्कार गर्ने अनि तिहारको भाइटीका बहिष्कार गर्ने पनि तिनै हुन्।

त्यो बेला तास खेल्नेलाई तास कोचाइन्थ्यो। जुवा खेल्नेलाई कारबाही गरिन्थ्यो। आफ्नो संस्कार र संस्कृतिका लागि थोरै रक्सी बनाउँदा भाँडै फुटाइदिने र रक्सी पोखाइदिने गरिन्थ्यो। खानाका रूपमा खाँदा धेरै दिनसम्म पुग्ने अन्नलाई रक्सी बनाएर पिउँदा थोरै दिनमा÷एकैछिनमा सिध्याइन्छ। रक्सीबाट पैसाको नास र पारिवारिक झैझगडा पनि हुन्छ। त्यसैले रक्सी बनाउन–खान बन्देज लगाउनु राम्रो कुरा हो। तर आज माओवादीको प्रभुत्व हुँदा क्यासिनो खुल्ला व्यवसाय बनेको छ। विदेशी रक्सी नभई नेतागणदेखि लिएर सर्वसाधारणको पनि भोज चल्दैन।

आफ्नो उद्देश्य पूरा गर्न र आफूले तत्काल फाइदा लिनका लागि यो देशका कम्युनिस्टले जे भने पनि, जे गरे पनि सही हुने रहेछ तर फेरि आफ्नो अर्को उद्देश्य पूरा गर्नका लागि अर्को समयमा अर्कै कुरा र काम गर्नुपर्ने रहेछ। ‘प्रेम र युद्धमा जे गरे पनि सही हुन्छ’ भन्ने दर्शन नेपालकै कम्युनिस्टको हो।

दुःखको एउटा कुरा के पनि गर्न मन लाग्यो भने नेपालका भुइँफुट्टा कम्युनिस्टहरू विश्वका अन्य सभ्यताको कुरा त गर्छन् तर तीसँग आफ्नो सभ्यताको तुलनात्मक अन्तक्र्रिया गर्नचाहिँ रुचाउँदैनन्। आफ्नो देशका सांस्कृतिक परम्परासँग जनमुखी संवाद र छलफल गर्न पनि डराउँछन्। खालि ‘यी सबै अन्धविश्वास !’ भनेर कुरा सिध्याउँछन्। तर भित्रभित्र भने ग्रहदशा हेराउने र स्वस्तिशान्ति गराउने ‘कमरेड’हरूको पनि यहाँ कुनै कमी छैन। उनीहरू आफ्नो बनावटी÷लहडी विचारढाँचाभन्दा अरूको विचार फरक पर्नासाथ ‘सामन्तवादी र पूँजीवादी वर्गको सेवा गर्ने’ भनेर तिनीहरूलाई गाली गर्न थालिहाल्छन्। अरूले देख्दा, ‘म शुद्ध शाकाहारी हुँ’ भन्ने तर लुकीलुकी चाहिँ मासु नखाई नसक्ने ‘नक्कली शाकाहारी’जस्तो !

यसरी नेपाली समाज हेर्दा, स्वाभाविक विचार निर्माण र विचारप्रवाहलाई अवरुद्ध गरिएको हुँदा यहाँ सभ्यताको स्वाभाविक गति अवरुद्ध भएर सामाजिक जीवनको लय नै भाँडिएको छ। आफू, आफ्ना विचार र आफ्ना सीमित पिछलग्गुबाहेक अरूसँग संसर्ग नै गर्न नहुने भएपछि यसले हाम्रो राष्ट्रिय बौद्धिक परम्पराको एउटा पाटोलाई पनि सङ्कीर्ण पारेको छ। पूर्वीय दर्शनले पश्चिमा सभ्यतासँग संवाद र मन्थन गर्न नसक्ने एकलकाटे वातावरण सिर्जना भएको छ। यो निश्चय नै अग्रगामी र सन्तोषजनक कुरा हुँदै होइन।

परिणामतः सिङ्गै पुस्ता यस्तो तयार भएको छ, जोसँग धैर्य छैन, मात्र आवेग छ। विवेक छैन, हिंसातुर भावना छ। सामूहिकताको भावना हराएर एकलकाँटे बनेको छ। समय, सभ्यता र इतिहासका पुख्र्यौली गौरवसँग मतलब छैन बरु पूरै आत्मकेन्द्रित र अवसरवादी चारित्रिक वर्गको निर्माण हुँदै छ। जसलाई कथित क्रान्तिकारी देखिने सपाट उच्च महŒवाकाङ्क्षाले गाँजेको छ तर उसैमा अराजकता र क्रान्तिकारिताको भेद छुट्याउन सक्ने क्षमताको भने साह्रै अभाव छ। उसको विचार नै साङ्ला चुँडाएर उम्केको भोटेकुकुरजस्तो छाडा भएको छ। जसले हे¥यो उसैलाई टोकिहाल्ने ! आलोचना र समालोचना छुट्याउन नसक्ने, गालीगलौज र व्यक्तिगत कटाक्षलाई नै क्रान्तिकारी हतियार ठान्ने ! तिनीहरू रचनात्मक, सिर्जनात्मक प्रोएक्टिभ हुनै नसक्ने भएकाले रिएक्टिभ भएका छन्। रिएक्टिभ पनि यस्तो कि हरेक विषयमा रिएक्टिभ र हरपल रिएक्टिभ। कतिसम्म रिएक्टिभ भने, खाम नै नखोली भित्र लेखेर राखिएको चिठीको व्यहोरा र भाषाशैली रिएक्ट गर्ने र कुनै पनि सामग्रीको शीर्षक मात्र हेरेर पनि रिएक्ट गर्न सक्ने सामथ्र्य भएका ! तुरुन्त निष्कर्षमा पुगिहाल्ने क्षमता भएका !

त्यतिखेर मारिनुपर्ला भन्ने डरले नभनेका मात्रै हुन्। अहिले भने सबैले भन्ने र सबैलाई थाहा भएको कुरो के हो भने माओवादीले नरसंहार मच्चाइरहँदा, त्यहाँ हिंसात्मक आतङ्कबाहेक केही पनि थिएन। तर त्योसँगैको नाजीकालीनजस्तो लाग्ने बौद्धिक आतङ्क त्योभन्दा झन् भयावह थियो। निरन्तर हिंसाका लागि माओवादीले विदेशी एजेन्डा बोकेर जातीय विद्वेषको जहर नै घोलेर सिङ्गो नेपाली समाजलाई नै विषाक्त बनायो। जातीय राज्य दिने भन्दै सबैलाई उक्सायो। नभन्दै, भारतीय एजेन्डा बोकेर राष्ट्र विखण्डन गर्दै प्रदेश संरचना लाद्नसमेत सफल भयो। अहिले आएर सत्ता नपाएको बेला माओवादीहरू ‘नेतृत्व अरूले पाए पनि एजेन्डा हाम्रै लागु भएको’ भन्छन्। सत्ताको पालो निर्धारणमा भएको सहमतिलाई ‘प्रतिक्रियावादीको घेरा तोडेको’ भन्न पनि भ्याउँछन्।

कथित कम्युनिस्ट रजगजमा यहाँ कानुनीराज, विधिको शासन, शक्ति पृथकीकरणको सिद्धान्त सबै हात्तीको देखाउने दाँतजस्तै भएका छन्। यसैको परिणामस्वरूप आज नेपालमा जताततै भुईंफुट्टा वर्गको विकास भएको छ र ‘टपर्टुइयाँ कल्चर’ स्थापित भएको छ। त्यसले लाजघिन पचाएको छ। कुनै सिद्धान्त, नैतिकता, निष्ठा, मानवता छैन। हृदयमा भावना छैन। त्यहाँ व्यक्तिगत स्वार्थ, उडन्ते कल्पना र शुष्कताले घर बनाएको छ। दया, माया, करुणा र विवेकजस्ता मानवीय गुणको अवशेष हराएको छ। राष्ट्रियता र सदाचार लोप भएको छ।

सम्झिल्याउँदा, कम्युनिस्ट सिद्धान्त र विचार होइन। यो यहाँ मानवता विरोधी एउटा निन्दनीय प्रवृत्तिका रूपमा विकसित भएको छ। यसका सहपाठीहरू काङ्ग्रेसलगायतका अन्य पुराना–नयाँ दल भएका छन्। ‘हामी सबै एउटै हौं’ भनिसके। देश र जनताको पक्षमा संसद्मा केही चर्का आवाज आए पनि ती खालि बुद्धिविलासका लागि मात्र भएका छन्। यसरी उनीहरूको एकतापूर्ण निरन्तर चकचकीमा यता जनता चाहिँ निराशाको पराकाष्ठा नाघेर आत्मदाह गर्ने अवस्थामा पुगेका छन्।



from Nagarik News - Home इन्द्रकुमार श्रेष्ठ

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.