Notification texts go here Contact Us Buy Now!

गण्डकीका मुख्यमन्त्रीको प्रश्नः लेकसाइडमा मात्र किन गाडी चेक गर्ने ?

पर्यटकीय सिजनको मुखमा तीनसाता अघि ठुलो आकारमा मानवीय क्षति हुनेगरि पोखरामा जहाज दुर्घटना भयो। त्यसबाहेक पोखरा भित्रिने मुख्य नाका पृथ्वीराजमार्ग अहिले बिस्तारको क्रममा छ । हवाई दुर्घटना र बिस्तारको क्रममा रहेको सडकले गर्दा पर्यटक आउजाउ रोकिँदा पर्यटन क्षेत्र ध्वस्त भएको भन्दै यहाँका पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनमा सघाउन प्रदेश सरकार गुहारेका छन्।

प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग छलफल गर्दै व्यवसायीले पाहुनालाई पोखरा आउने माहोल बनाइदिन प्रदेश सरकारसँग आग्रह गरे। पोखराको पर्यटन व्यवसाय गम्भिर संकटमा फँसेको भन्दै व्यवसायीले प्रदेश सरकारले पहल गर्न सके आन्तरिक पाहुना भएपनि भिœयाउन बल पुग्ने बताए। त्यसबाहेक छिमेकी मुलुकबाट पाहुना भिœयाउन पनि प्रदेश सरकारको भूमिका आवश्यक रहेको व्यवसायीले बताए।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन ठप्प हुँदा अर्बाैको लगानी धराशायी हुने बाटोमा लागेको बताए। ‘विमान दुर्घटनापछि त भारतीय पाहुना पनि आएनन। दुर्घटनाबारे अफवाह फैलाउँदा भारतीय पाहुना पनि नेपाल आउन तर्सेका छन,’ श्रेष्ठले भने, ‘भारतीय पाहुना भिœयाउनका लागि मुख्यमन्त्रीकै भ्रमण आवश्यक परेमा पनि तयार भइदिनुप¥यो। त्यसबाहेक भारतका विभिन्न प्रदेशका मुख्यमन्त्रीलाई समेत सिधै पोखरा भ्रमण गराउन सके पर्यटन प्रवद्र्धन हुने व्यवसायीले मुख्यमन्त्रीसँग प्रस्ताव पनि राखेका थिए।

‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि कम्तिमा चीत र भारतका सहरसम्म सिधा हवाई उडान विश्वास हो। तर, त्यो पनि हुन सकेन,’ उनले भने, ‘चिनियाँ पर्यटक पनि आएका छैनन। चिनियाँ पाहुना भिœयाउने हो भने पनि राहत पुग्थ्यो।’ श्रेष्ठले राजमार्ग बिस्तारमा ढिलासुस्ती भएको र राजमार्गको सबैजसो खण्ड भत्काएर भताभुंगा बनाउँदा यात्रा अहसज भएकोले बिस्तारको कामलाई गति दिनका लागि दवाव दिन प्रदेश सरकारले भूमिका निभाउनुपर्ने बताए।

व्यवसायीको गुनासो सुनेपछि प्रदेशका मुख्यमन्त्री अधिकारीले राजनीतिमा तत्काल परिवर्तन हुने भएपनि अर्थतन्त्र परिवर्तन हुन समय लाग्ने बताए। ‘राजनीति फेरबदल भईरहन्छ, तर, अर्थनीति र अर्थतन्त्र तत्काल फेरिँदैन। यसका केही नियम र सीमा हुन्छन।’ उनले पनि हवाई दुर्घटनापछि यात्रु आधाको संख्यामा घटेको भन्दै आफुले पनि महसुस गरेको बताए। मुख्यमन्त्री अधिकारीले भारतको बिहार र उत्तरप्रदेशका मुख्यमन्त्रीलाई पोखरा घुम्न आउनका लागि निम्ता दिने सोच बनाएको जानकारी दिए। तर, आफ्नो भारत भ्रममा भने संघीय सरकारले अनुमति दिनुपर्ने बताए।

अधिकारीले राजमार्ग बिस्तार हुँदै गर्दा पनि यात्रुले तोकिएकै समयमा यात्रा गर्न पाउनुपर्ने बताए। उनले राजमार्ग बिस्तारमा सघाएको एशियाली विकास बैंकका प्रतिनिधिसँग कुरा गरेको पनि जानकारी दिए। ‘पाँच किलोमिटरको काम सकेर थप पाँचकिलोमिटरमा काम गर्नुपर्ने हो, तर, यहाँ सबै खण्ड भताभुंग पारिएको छ,’ उनले भने, ‘राजमार्ग बिस्तारबारे छलफल चलिरहेको छ।’

छलफलमा पदयात्रा व्यवसायीको संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का गण्डकी अध्यक्ष धर्मराज पन्थीले डाँडाकाँडामा भ्यूटावर ठड्याउनुको साटो त्यो बजेटले पदमार्ग व्यवस्थापन गर्नुपर्ने बताए। होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले कोरोनापछि अरु सबैजसो क्षेत्र पहिलेकै अवस्थामा फर्किसकेको भएपनि पर्यटन क्षेत्र फर्किन नसकेको बताए। उनले आन्तरिक पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारले पनि चाँसो दिनुपर्ने सुझाए।

परिष्दका पूर्व अध्यक्ष सुर्य भूजेलले पछिल्लो समय पर्यटकीय क्षेत्र लेकसाइडमा सवारी चेकिङको नाममा पर्यटकलाई दुुख दिएको गुनासो सुनाए। ‘मादक पदार्थ सेवन गरेको निहुँमा हरेक दिन पर्यटकीय क्षेत्रमा सवारी चेकिङ हुन्छ। यसले पर्यटक अत्तासिएका छन,’ उनले भने, ‘लेकसाइडमा आतंककारी नै आएर बसेजस्तो व्यवहार गरिएको छ। भुजेलले पोखराबाट बाहिरिने नाकामा कतै सवारी चेकिङ नहुने तर, भित्रिने नाका र लेकसाइडमा मात्र सवारी चेक गरेर दुख दिएको बताए।

भुजेलको कुरा सुन्नासाथ मुख्यमन्त्री अधिकारीले तत्कालै कास्कीका एसपी अजय केसीलाई फोन गरे। अधिकारीले एसपीलाई भने, ‘लेकसाइडमा मात्र गाडी चेक हुने रहेछ, पोखराबाट बाहिरिने नाका दमौली, स्याङजा र पर्वततिर जाने सवारी चेक हुँदैनन भन्ने गुनासो आयो। होटलका सटर पनि नौ बजे नै तान्न लगाउने गरिएको छ भन्ने पनि गुनासो छ। यसलाई समाधान गर्नुप¥यो।’ सबैपक्ष बसेर छलफल गरेर व्यवसायमा सहजीकरण गर्न मुख्यमन्त्री अधिकारीले प्रहरी प्रमुख केसीलाई निर्देशन पनि दिए। मुख्यमन्त्रीको सोधपुछपछि एसपी केसीले आफु काठमाडौं रहेको र फर्केपछि समस्या समाधान गर्ने बताए।



from Nagarik News - Home सन्तोष पोखरेल

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.