Notification texts go here Contact Us Buy Now!

स्करपियो दुर्घटनामा नगरप्रमुखसहित ४ जना घाइते

काठमाडौंबाट लमजुङतर्फ आउने क्रममा लमजुङको राइनास नगरपालिकाको ग १ झ ४२३ नम्बरको स्करपियो पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाटमा दुर्घटना हुँदा नगरप्रमुखसहित ४ जना घाइते भएका छन्।

शुक्रबार राति साढे ८ बजे नगरपालिकाको स्करपियो दुर्घटना हुँदा नगरप्रमुख खड्गबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, नगरपालिका प्रमुख गुरुङका स्वकीय सचिव बालसिंह गुरुङ र चालक जीवन ओलिया घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार नम्बर नखुलेको मोटरसाइकलले बाटो काट्ने क्रममा स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको हो। उनका अनुसार दुर्घटनामा परि घाइते भएकाहरुको उपचारको लागी आदमघाट अस्पताल पठाइएको थियो। हाल घाईतेहरुको सामान्य उपचारपछि सबै अस्पतालबाट फिर्ता भएको उनले बताए।

नगरपालिकाको कामका लागि काठमाडौं गएको नगरप्रमुखसहितको टोली फर्किने क्रममा दुर्घटनामा परेको हो।



from Nagarik News - Home नागरिक

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.