Notification texts go here Contact Us Buy Now!

तीन गाउँपालिकाका जनस्वास्थ्य निरीक्षकसहित चारको मृत्यु

दैलेखका तीनवटा स्थानीय तहका स्वास्थ्य शाखामा कार्यरत तीनजना स्वास्थ्यकर्मीसहित चारजनाको आइतबार सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दैलेखको गुराँस, डुंगेश्वर र भगवतीमाई गाउँपालिकामा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत तीनजना स्वास्थ्यकर्मीसहित चारजनाको वीरेन्द्रनगर– ११ स्थित झुप्राखोलानजिकै भएको सवारी दुर्घटनामा परी मृत्यु भएको हो।

प्रहरीका अनुसार दैलेखको भगवतीमाई गाउँपालिका– ५ का ३१ वर्षीय बबिन शाही, डुङ्गेश्वर गाउँपालिका– ३ का ३३ वषीन्द्रजंग शाही, गुराँस गाउँपालिका– ३ का ३६ वर्षीय राजेन्द्र बिसी र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ७ बस्ने २७ वर्षीय सागर शाहीको मृत्यु भएको हो। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भैरवी गाउँपालिका– ५ दैलेखका २६ वर्षीय वीरेन्द्रराज शाहीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। मृतक तीनजना दैलेखका तीनवटा गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत कर्मचारी हुन् भने एकजना मेडिकल सामग्री सप्लायर्स व्यवसायी हुन्।

प्रहरीका अनुसार विसी गुराँस गाउँपालिकाको स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षकका रूपमा कार्यरत थिए। यस्तै बबिन भगवतीमाई गाउँपालिकामा स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षकका रूपमा कार्यरत थिए भने दीपेन्द्र डुंगेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए। मृतक स्वास्थ्यकर्मीहरू वीरेन्द्रनगरमा भइरहेको प्रगति समीक्षा कार्यक्रममा सहभागी हुन पालिकाबाट प्रतिनिधित्व गर्दै आएका थिए।

विसी गत साउनदेखि गुराँस गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए। सबैसँग घुलमिल हुन सक्ने स्वभावका र कामप्रति लगाव राख्ने विसीको निधनले गुरासँमा ठूलो क्षति भएको स्वास्थ्य शाखा प्रमुख निर भण्डारीले बताए। विसीले स्वास्थ्य क्षेत्रमा स्थायी जागिर खाएको सात वर्ष पुगेको थियो। उनले लकान्द्र र रानीवनमा एक–एक वर्ष अस्थायी जागिरे भएर सेवा दिएका थिए। विसीको पाँच वर्षका छोरा, तीन महिनाकी छोरी छन्।

भगवतीमाई गाउँपालिकामा कार्यरत बबिन प्रगति समीक्षा कार्यक्रम सकेर सोमबार पालिका फर्कने तयारीमा थिए। शनिबार बिदाको दिन भएकाले अन्य साथीसँगै उनीहरू रमाइलो गर्न भेरी किनारनजिकैको सत्तरी गएका थिए। भगवतीमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टीकाराम विष्टले सबैले रुचाएको स्वास्थ्यकर्मी गुमाउँदा पालिकालाई ठूलो क्षति भएको बताए। ‘सबैको प्रिय, कामप्रति इमानदार, सबैसँग मिलेर काम गर्ने सबैले रुचाएको व्यक्ति गुमाउँदा हामीलाई ठूलो क्षति भएको छ’, उनले भने।

भगवतीमाई गाउँपालिकाको स्वास्थ्य शाखामा तीन वर्षदेखि कार्यरत बबिनले २०७३ सालदेखि स्वास्थ्यकर्मीका रूपमा स्थायी दरबन्दीमा थिए। उनको यही मंसिरमा विवाह गरेको एक वर्ष पूरा भएको छ। उनकी श्रीमती पालिकाकै ४ नम्बर वडामा वडा सचिवका रूपमा कार्यरत छिन्।

डुंगेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत दीपेन्द्र २०७३ मा स्थायी भई डाँडाँपराजुल स्वास्थ्य चौकीमा कार्यरत थिए। उनी २०७६ देखि पालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए। उनकी श्रीमती पनि पालिकाकै स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरक्त छिन्। उनको एक वर्षमुनिका एक छोरी छन्।

रत्न राजमार्गअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलानजिक छिन्चुबाट वीरेन्द्रनगर आउँदै गरेको बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको जिप बिहान साढे दुई बजेतिर अनियन्त्रित भएर दुर्घटना हुँदा तीनजना स्वास्थ्यकर्मीसँगै मेडिकल सप्लायर्स व्यवसायी सागर शाहीको पनि मृत्यु भएको थियो।



from Nagarik News - Home गोविन्द केसी,नगेन्द्र उपाध्याय

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.