Notification texts go here Contact Us Buy Now!

कपिलवस्तु अस्पताल मुलुककै उत्कृष्ट

कपिलवस्तुको तौलिहवास्थित कपिलस्तु अस्पताल मुलुककै उत्कृष्ट अस्पताल घोषित भएको छ। न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस) मा देशभरका अस्पतालमध्येमा कपिलस्तु अस्पताल सर्वोत्कृष्ट बन्न सफल भएको हो।

स्वास्थ्य निर्देशनालयको एमएसएस स्रोतव्यक्तिको प्रतिनिधिका रूपमा गुल्मी अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट. डा. उत्तम पच्याले कपिलवस्तु अस्पताललाई ९६ प्रतिशत अंकसहित सर्वोत्कृष्ट अस्पताल घोषणा गरेका हुन्। गत वर्ष अस्पतालले ८६ अंक पाएको थियो।

कपिलवस्तु अस्पतालमा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा सो घोषणा गरिएको हो। कपिलवस्तु अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका एमएसएस स्रोत व्यक्ति डा. उत्तम पच्याले बताए। निर्देशनालयको टोलीले दुई दिन अनुगमन र निरीक्षण गरी अस्पतालका सबै पक्षको अनुगमन र मूल्यांकन गरको थियो। टोलीले अस्पतालबाट प्रदान हुने सेवा, जनशक्ति, सुशासन, पारदर्शितालगायतका विषय समेटेर मूल्यांकन गरेको हो।

आर्थिक वर्ष ०७९/८० मा देशभरका सेकेन्डरी समूह ए अन्तर्गतका अस्पतालहरूमा कपिलवस्तु अस्पतालले राम्रो सेवा दिइरहेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका एमएसएस फोकल पर्सन कौशल भण्डारीले बताए। ‘हामीले अनुगमन र निरीक्षण गर्दा कपिलवस्तु अस्पालको अवस्था राम्रो पायौं’, उनले भने। कपिलवस्तुका मेसु डा. किशोर बन्जाडेले सबैको सामूहिक प्रयासले अस्पताल उत्कृष्ट बन्न सफल भएको बताए। उनले अस्पतालमा अब डाइग्नोसिस र सिटीस्क्यान सेवाका लागि सबैले पहल गर्नुपर्ने बताए। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिवलाल यादवले मेडिकल सुपरिटेन्डेन्डसहित सम्पूर्ण डाक्टर र कर्मचारीको कुशल समन्वयले पनि अस्पतालको स्तर सुधार्न थप मद्दत पुगेको बताए। उनले कपिलवस्तु अस्पताल अब सरकारी अस्पतालमा सधैंका लागि राम्रो हुने बताए।

कपिलवस्तुका अधिकांश नागरिकले उपचार सेवा लिने कपिलवस्तुका अस्पतालले पछिल्लो समयमा दिएको सेवा र भौतिक रूपमा गरेको स्तरोन्नतिले सेवाग्राही पनि खुसी छन्। कार्यक्रममा कपिलवस्तु अस्पतालमा विगत लामो समयदेखि कार्यरत अहेव प्रवीणकुमार मिश्रलाई उहाँले गरेको सेवा प्रवाहको मूल्यांकन गर्दै चालु आर्थिक वर्षको सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी १० हजार रूपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलगायत अस्पतालका डाक्टर तथा कर्मचारीको सहभागिता थियो।



from Nagarik News - Home किरणमान बज्राचार्य

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.