Notification texts go here Contact Us Buy Now!

देशको मायाले स्वदेशमै अल्झिएका लाहुरे

सिंगापुर पुलिसबाट अवकाश लिएर घर फर्कंदा धरान–११ का लुकेन्द्र राईसँग फेरि बेलायत जाने, सिंगापुरै बस्ने वा अन्य विकसित मुलुक जाने थुप्रै विकल्प थिए। प्रायः भूपू लाहुरे अवकाशपछि विदेशतिरै फर्कन्छन्। उनका नम्बरीहरू पनि अझै सिंगापुरमै छन्।

सन् २००५ मा भर्ती भएका लुकेन्द्रको सोच भने अर्कै थियो। १६ वर्ष जति विदेशको अनुभव लिएका उनलाई अब आफ्नै देशमा केही गर्ने भोक थियो। समाजलाई केही योगदान दिने सोच लिएर उनी सन् २०२० मा अवकाश लिएर फर्किए। उनी धरान आउँदा खोलिसकेका थिए, मितेरी स्पोट्र्स सेन्टर। जागिरमा हुँदै उनले लगानी गरिसकेका थिए। लगानी अहिले १५ करोड बढीको पुगिसकेको छ। मितेरी अहिले धरानमा विभिन्न खेलकुद गतिविधि गर्ने प्रसिद्ध केन्द्र बनिसकेको छ।

लुकेन्द्र सिंगापुर पुलिसमा कार्यरत रहँदा खेलकुदमा सक्रिय थिए। उनी फुल कन्ट्याक्ट विधाका खेलाडी हुन्। थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए भने पछि प्रशिक्षक पनि भए। च्याम्पियन भएर उनी सिंगापुरको प्रतिनिधित्व गर्दै विभिन्न देश पुगे। त्यसैले उनी स्वदेश फर्किएपछि खेलकुदमै केही गर्न चाहन्थे। उनको त्यही चाहना अहिले मितेरी स्पोट्र्स सेन्टरमार्फत पूरा भइरहेको छ। ‘मेरो पारिवारिक पृष्ठभूमि सबै लाहुरे नै हो। मैले चाहेको भए सजिलै युके, अस्ट्रेलिया, सिंगापुरमै रहनसक्थें,’ उनी भन्छन्, ‘तर मलाई आफ्नै समाजमा केही गरौं भन्ने लागेर बसेको छु, परिवारले पनि साथ दिएको छ।’

उनको सेन्टरमा फुटसल छ। ब्याडमिन्टन कोर्ट, जिम हल र स्पोट्र्स सामग्रीको होलसेल पसल पनि सञ्चालित छ। आधा दर्जन बढीलाई रोजगारी पनि दिएका छन्। सेन्टरबाट उनले नाफा खोजेका छैनन्। त्यहाँ रोजगारी पाएकालाई तलब दिन सकेकामा उनी सन्तुष्ट छन्। साना बालबालिका भेला पारेर उनी निःशुल्क कराते सिकाउँछन्। उनी आफ्नै खर्चमा फुटसल, ब्याडमिन्टन प्रतियोगिता पनि वर्षेनि आयोजना गर्छन्। यो वर्ष प्रत्येक २ महिनामा एउटा प्रतियोगिता गर्ने उनको खेलकुद तालिका बनेको छ।

धरान–भेडेटार सडकको घुम्तीमा ऐना

पूर्व सिंगापुरे लाहुरे राईले आफ्नै खर्चमा कोसी राजमार्गअन्तर्गत धरान–भेडेटार सडकखण्डका घुम्तीमा कन्भेक्स ऐना (मिरर) लगाएका छन्। साँघुरो बाटो र धेरै घुम्ती भएको यो सडकखण्डमा दुर्घटना न्यूनीकरण गर्न उनले मिरर लगाएका हुन्। सचेत धराने समूहसँगको सहकार्य गरेर राईले ३ दिनमा २१ वटा घुम्तीमा मिरर राखेका छन्। माघ १ गते उक्त मिररको मेयर हर्क साम्पाङले उद्घाटन गर्दै राज्यले गर्नुपर्ने काम एक व्यक्ति र संस्थाबाट भएको भन्दै प्रशंसा गरे। साथै उनले दुर्घटनाको जोखिम घटाउने भएकाले यात्रा गर्दा मिररमा ध्यान दिन पनि चालकहरूलाई आग्रह गरे। ‘अब सबैले घुम्तीमा राखेको मिरर हेरेर गाडी चलाउनुपर्छ, यसले दुर्घटना हुनबाट जोगाउँछ,’ उनले भने, ‘राज्यले गर्नुपर्ने काम उहाँले गर्नुभएको छ, धन्यवादको पात्र हुनुहुन्छ।’

पूर्व सिंगापुरे लाहुरे राईले अब बुढासुब्बा मन्दिर क्षेत्रमा मिरर राख्ने योजना रहेको बताएका छन्। उनका अनुसार धरानका विभिन्न चोकमा समेत गरी अहिलेसम्म एक सय बढी मिरर राखिएको छ। ‘एक सय बढी संख्या पुगिसक्यो, यो सबै आफ्नै खर्चले हो,’ उनले भने, ‘मितेरी स्पोट्र्स सेन्टरको नाफाको केही प्रतिशत सामाजिक काममा खर्चेको छु।’ उनका अनुसार एउटा मिरर ढुवानीसमेत खर्च गर्दा १५ देखि १६ हजार लाग्छ।



from Nagarik News - Home रोहित राई

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.