Notification texts go here Contact Us Buy Now!

खस्किएको अर्थतन्त्र पुनर्जीवित गर्ने नीति अँगाल्न अनुरोध

नेपाल उद्योग परिसंघका पदाधिकारीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर खस्किएको अर्थतन्त्र पुनर्जीवित गर्न अनुरोध गरेका छन्। परिसंघ पदाधिकारी सम्मिलित टोलीले सिंहदरबारस्थित उद्योग मन्त्रालयमा मन्त्रीलाई भेटेर मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पुँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको वेला मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र पुनर्जीवित गर्ने नीति अबलम्बन गर्न अनुरोध गरेका छन्।

परिसंघका अध्यक्ष विष्णु अग्रवालले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरेका छन्। मन्त्री भण्डारीले परिसंघले लिपिबद्ध गरी दिएको ठोस सुझावलाई आवश्यकताको आधारमा कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन्।

‘रोजगारीको अभावमा पलायन भइरहेको जनशक्ति रोक्नु र नेपालमै नयाँ रोजगारीका अवसरहरू बढाउनु आफ्नो महत्वपूर्ण लक्ष्य रहेको छ,’ उनले भने ‘औद्योगिक विकासबाट मात्रै यो सम्भव भएको हुँदा परिसंघसँग सहकार्य गरी अघि बढ्नेछौं।’

सरकारले परिसंघले अघि बढाइरहेको ‘मेक इन नेपाल (स्वदेशी)’ अभियानलाई सरकारको न्यूनतम साझा कार्यक्रममा प्रमुखताका साथ राखेकोमा धन्यवाद दिँदै सहकार्य गर्ने प्रतिवद्दता जनाएको छ। परिसंघले आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सकेसम्म छिटो कार्यान्वयनमा लैजान पनि आग्रह गरेको छ।



from Nagarik News - Home नागरिक संवाददाता

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.