Notification texts go here Contact Us Buy Now!

अझै पुगेन कालिकोटमा पाठ्यपुस्तक

शैक्षिक सत्र सकिन लाग्दा पनि दुर्गमका विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ, तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकिएको विद्यार्थीको गुनासो छ।

कालिकोटका धेरै विद्यालयमा पनि पाठ्यपुस्तक पुग्न सकेको छैन। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका-३ मा रहेको विद्याज्योति माविमा कक्षा ८ को नेपाली र स्वास्थ्य विषयको पुस्तक पुगेको छैन। खाँडाचक्र नगरपालिका-३ ताडीको जनजीवन माविमा पनि केही पुस्तक पुगेको छैन।

कालिकोटको अन्य पालिकाका विद्यालयमा पनि पुस्तक अभावै रहेको गुनासो आउने गरेको छ। कर्णालीमा पाठ्यपुस्तक पुग्न जहिल्यै समय लाग्ने गरेको शिक्षकहरू बताउँछन्। ‘यातायात सेवा पुगेका विद्यालयमा त यस्तो हालत छ भने दुर्गम पालिकाको विद्यालयमा कस्तो अवस्था होला?’, एकजना शिक्षकले भने।

कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसका लागि प्रदेश सरकारबाट रकम निकासा भइसकेको जनाएको छ, तर कालिकोटका धेरै विद्यालयमा पाठ्यपुस्तक अभाव छ। पालिकाहरूले भने किताब किन्ने जिम्मेवारी विद्यालयलाई दिएको बताउँदै आएका छन्। पुस्तकका लागि विद्यालयको खातामा रकम पठाइसकेको तर पुस्तक अभावका कारण विद्यार्थीका हातमा पुस्तक उपलब्ध नभएको विद्याज्योति माविका प्रधानाध्यापक मानप्रसाद देवकोटाले बताए। उनले भने, ‘हामीले विद्यार्थीलाई पढाइमा निरन्तरता दिएकै छौं। समयमै किताब ल्याउन गएको पाएनौं। अहिले केही पुस्तक मात्र अभाव छन्। विद्यार्थीलाई समस्या त जहिले हुन्छ।’

पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक समयमै छाप्न सकेको छैन। जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसी स्थानीय तह र विद्यालयबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको दाबी गर्छन्, तर जनक शिक्षा सामग्री केन्द्रको केन्द्रीय कार्यालयले भने कागज अभावका कारण पुस्तक छपाइ हुन नसकेको जनाएको छ।

किताब छाप्नका लागि कागज अभाव रहेको केन्द्रीय कार्यालयका प्रवक्ता चित्रकुमार आचार्यको भनाइ छ। कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीले पुस्तक नपाउने समस्या बर्सेनि खेप्दै आएका छन्। उनका अनुसार कर्णालीको कालिकोट, जुम्ला, दैलेख, सुर्खेत र जाजरकोटमा कक्षा-६ का विज्ञान, गणित र अंग्रेजी विषयका ६ हजार पुस्तक र कक्षा ८ का विभिन्न विषयका तीन हजार किताब पुग्न सकेको छैन।



from Nagarik News - Home ललित विष्ट

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.