Notification texts go here Contact Us Buy Now!

एपिएफ सेमिफाइनलनजिक

कप्तान सीता रानामगरको अलराउन्ड प्रदर्शनप्रेरित एपिएफ क्लब पाँचौं प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो सफलतासहित सेमिफाइनलनजिक पुग्दा मधेस प्रदेशले पनि कर्णालीमाथि जित निकाल्दै अन्तिम चारको सम्भावना जीवन्त राखेको छ।

बलिङ र ब्याटिङ दुवैमा सीताको योगदान प्रेरित एपिएफ इटहरीमा आइतबार बाग्मती प्रदेशलाई ५३ रनले हराउँदा सेमिफाइनलनजिक पुगेको हो। चार टोली सम्मिलित समूह ‘ए’ मा एपिएफले दुई खेलमा शतप्रतिशत जित निकाल्दा एक खेल खेलेको सुदूरपश्चिमको पनि दुई अंक छ। दुवै खेलमा पराजित बाग्मतीले समूहको अन्तिम खेल गण्डकीसँग खेल्नेछ। गण्डकीले अब दुई खेल खेल्न बाँकी छ र दोस्रो खेलमा उसले सुदूरपश्चिमको चुनौती सामना गर्नेछ। त्यसैले यो समूहबाट शीर्ष टोली एपिएफ दाबेदार हो भने सुदूरपश्चिमको पनि अन्तिम चारमा पुग्ने सम्भावना प्रबल छ।

कप्तान सीताको बलिङ प्रेरणमा एपिएफले १ सय ३७ रनको लक्ष्य रक्षा गर्दै समूहविजेताको सम्भावना बलियो बनाएको हो। अनुभवी बलरको वर्चस्व रहेको एपिएफको चुनौतीपूर्ण लक्ष्य पछ्याएको बाग्मतीले २० ओभर नै खेले पनि ९ विकेटको क्षतिमा ८३ रन मात्र जोड्यो। बाग्मतीलाई सस्तैमा रोक्न कप्तान सीताले दुई विकेट लिँदै अलराउन्ड प्रर्दशन गरिन्। निशा भट्टले तीन तथा रेखा रावलले दुई विकेट लिए। बाग्मतीले तीन विकेट भने रनआउटका रूपमा गुमायो। बाग्मतीकी ओपनर हेलिशा गुरुङको २२ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

सोनी पाख्रिनले १३ रन, कञ्चन श्रेष्ठले ११ रन र कप्तान अस्मिना कर्माचार्यले १० रन जोडे। त्यसअघि इटहरीको जनता क्रिकेट पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले कप्तान सीताकै ब्याटिङ प्रेरणामा २० ओभर खेल्दै चार विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो। सीताले पहिलो विकेटका लागि ज्योति पाण्डेसँग ५४ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाइन्। यस क्रममा सीताले २९ बलमा ३६ रन जोडिन्। प्लेयर अफ दी म्याच घोषित सीताको इनिङमा पाँच चौका रह्यो। पहिलो विकेटका रूपमा आउट भएकी ज्योतिले १५ रन बनाइन्।

इन्दु बर्माले २७ बलमा ३८ रन बनाउँदा नेरी थापा १९ रनमा नटआउट रहिन्। बाग्मतीका लागि अस्मिना कर्माचार्य, मनीषा उपाध्याय, खुसी डंगोल र सोनी पाख्रिनले समान १/१ विकेट लिए। आइतबारकै दोस्रो खेलमा मधेसले पहिलो जित निकाल्यो। पहिलो जित निकाल्ने क्रममा मधेसले कर्णालीलाई आठ विकेटले सहजै हरायो। प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो भने मधेसको दोस्रो खेलमा पहिलो जित हो। कर्णालीले शनिबार लुम्बिनीसँग ९८ रनको हार बेहोरेको थियो। आइतबार कर्णालीले दिएको ८० रनको लक्ष्य मधेसले १०.२ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो। मधेसको जितमा ओपनर अनुराधा चौधरीले ३५ बलमा अविजित ३८ रन बनाइन्। प्रतिमा साह पनि १८ रनमा अविजित रहिन्। निकै खराब सुरुआत गर्ने क्रममा मधेसले दोस्रो ओभरमा नै दुई विकेट गुमायो। कर्णालीकी बिना थापाले दोस्रो ओभरमा ओपनर एलिशा यादवलाई २ रन र साना प्रवीनलाई शून्यमा पवेलियन फर्काउँदै मधेसलाई ठूलो झड्का दिएकी थिइन्। तर, मधेसका अनुराधा र प्रतिमाले इनिङ समाल्दै कर्णालीलाई दोस्रो हार बेहोर्न बाध्य बनाए। पहिलो खेलमा लुम्बिनीलाई ४९ अतिरिक्त रन दिएको कर्णालीले मधेसविरुद्ध पनि २२ अतिरिक्त रन खर्चियो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको थियो। कर्णालीले २३ रनमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि थप पाँच विकेट गुमाएको कर्णालीले पूरै ओभर खेले पनि ५६ रन मात्र जोड्न सक्यो। कर्णालीका तीन खेलाडीले मात्र दोहोरो अंकमा रन जोडे। तृष्णा विश्वकर्मा १५ रन र किरन कुँवर १३ रन बनाएर आउट हुँदा अञ्जु गुरुङ १३ रनमा नटआउट रहिन्। मधेसका लागि भूमि सिंहले चार तथा अमिरान निशाले दुई विकेट लिए।

दुई खेलमा पहिलो जित हात पारेको मधेस दुई अंकका साथ समूह ‘बी’ को तेस्रो स्थानमा छ। यो समूहमा समान एक खेलबाट शतप्रतिशत जित निकालेका लुम्बिनी र प्रदेश–१ समान तीन अंकसहित शीर्ष दुईमा छन्। कर्णाली दुई खेलमा अंकविहीन रहँदै पुछारमा छ। सोमबार हुने पहिलो खेलमा प्रदेश–१ र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा गण्डकी र सुदूरपश्चिम भिड्नेछन्।



from Nagarik News - Home अमर खड्का

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.