Notification texts go here Contact Us Buy Now!

सिकारीले मारे दुईवटा गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा सिकारीले दुईवटा एक गैंडा मारेका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्टनजिक नारायणी नदीको उत्तरीकिनारमा विद्युतीय धरापमा पारी दुईवटा गैंडा मारिएका हुन्।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार शुक्रबार दिउँसो १४ वर्षको पोथी र ४ वर्षको भाले गैंडा मृत फेला परेका छन्। सिकारीले पोथी गैंडाको खागसमेत झिकेर लगेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए। योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आवमा मृत्यु हुने गैंडाको संख्या १० पुगेको छ। तर सिकारीले मारेको घटना भने पहिलो हो। यसअघि मृत्यु भएकामध्ये करेन्ट लागेर एक गैंडाको मृत्यु भएको थियो भने अरू प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ। चितवन राष्ट्रिय निकुञ्जआसपासमा डेढ वर्षपछि सिकारीले गैंडा मारेका हुन्। यसअघि अघिल्लो साउनमा माडीमा सिकारीले गैंडा मारेका थिए।

यससँगै २०५५ सालदेखि हालसम्म सिकारीद्वारा यस क्षेत्रमा १ सय ८१ वटा गैंडा मारिएका छन्। तर पछिल्लो १० वर्षमा ११ वटा गैंडा चोरीसिकार भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको चोरीसिकार सन् १९९० को दशकबाट पुनः सुरु भई द्वन्द्वकालमा बढेर गरेको देखिन्छ। चितवनमा सन् २००० देखि सन् २०१० बीचको ११ वर्षको अवधिमा १५८ वटा गैंडा सिकारीले मारेका थिए भने सन् २००२ मा एकै वर्षमा ३८ वटा गैंडा मारिए। यो नै एकै वर्षमा सबैभन्दा बढी गैंडा मरेको वर्ष मानिएको छ।

आव २०६९÷७० मा एक, २०७०÷७१ मा एक र आव २०७३÷७४ मा एउटा गैंडा सिकारीले मारेका थिए। त्यसपछि केही वर्ष रोकिएको चोरीसिकार आव २०७७÷७८ मा एक्कासि चारवटा गैंडा तस्करले मारेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। गत आवर्षमा २ वटा गैंडा मारिएका छन्। चालु आवमा एकै ठाउँमा दुईवटा गैंडा मारिए। आव २०७१÷७२, २०७२÷७३, २०७४÷७५, २०७५÷७६, २०७६÷७७ मा चितवनमा गैंडाको चोरीसिकार भएन। सो समय निकुञ्जले चोरीसिकार वर्ष मनाएको समेत थियो। तर पछिल्ला दुई वर्षदेखि चोरीसिकार र कालगतिले भकाभक मर्ने क्रम बढेपछि संरक्षणमा चुनौती थपिएको छ।

प्राकृतिक कारणले पनि गैंडा मर्ने क्रम बढ्दो अवस्था रहेको छ। गैंडा बुढो भएर, आपसमा जुँधेर, घोलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका छन्। गत आवमा ३७ वटा गैंडा प्राकृतिक कारणले मरेको देखिन्छ। त्यस्तै अघिल्लो आव २०७७÷७८ मा ३३ र आव २०७६÷७७ मा ४३ गैंडा प्राकृतिक कारणले मरेका छन्।

चितवन राष्ट्रिय निकुञ्जको गैंडाको संख्या पनि बढ्दो क्रममा छ। सन् २०२१ को गणनामा देशभर सात सय ५२ गैंडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ वटा गैंडा मरेका भेटिएका थिए। बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीनवटा गैंडा छन्क। अघिल्लो सन् २०१५ को गणनामा चितवनमा ६०५ गैंडा थिए। यसरी गैंडाको संख्या बढ्दा मानव बस्तीमा समेत आउने गरेका छन्। जसले मानव र गैंडाबीच द्वन्द्व बढ्दै गएको छ। यस्तो अवस्थामा निकुञ्जले गैंडा संरक्षणका लागि चरिचरणको व्यवस्थापन र चोरीसिकार नियन्त्रणका लागि जनशक्ति परिचालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन्।



from Nagarik News - Home वसन्त ढुंगाना

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.