Notification texts go here Contact Us Buy Now!

तलब माग्न नगरपालिकामै पुगे शिक्षक

गोदावरी नगरपालिकाले चार महिनादेखि यहाँ कार्यरत शिक्षकलाई तलब दिन सकेको छैन।चार महिनादेखि तलब नपाउँदा यहाँका शिक्षक आन्दोलित बनेका छन्।शुक्रबार दिउँसो गोदावरी नगरपालिकाका शिक्षकहरू आफ्नो चार महिनादेखिको तलबको माग गर्दै नगरपालिकामै पुगे।उनीहरूले नगरपालिकाअगाडि कालो ब्यानर बोकेर नाराबाजी गर्दै आफूहरूलाई चाँडोभन्दा चाँडो तलब दिनुपर्ने माग अगाडि सारेका हुन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, गोदावरी नगर शिक्षक समिति, नेपाल राहत शिक्षक समितिको संयुक्त आयोजनामा शुक्रबार दिउँसो नगरपालिकाको कार्यालयअगाडि आएर धर्ना दिँदै विरोध गरेका छन्।विरोध कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नरेन्द्रराज शर्माले पटक–पटक तलब नपाएको विषय नगर प्रमुखलाई राख्न खोज्दा भेट्नसमेत नपाएको बताए।‘हामीले किन तलब पाएनौं भन्दा नगर प्रमुखले हाम्रा कुरा सुन्नु भएन।नगर प्रमुखले हामीलाई भेट्न नचाहेपछि हामीले खुलापत्र लेखेका थियौं, तर पनि हाम्रो सुनुवाइ भएन।त्यसैले आज हामी पुनः नगरपालिकालाई झक्झकाउन यहीं आइपुगेका छौं ।’

यसअघि हरेक महिनामा पाउने तलब कात्तिक महिनादेखि भने नपाएको राष्ट्रिय माध्यमिक विद्यालय बल्मीका शिक्षक दशरथ ओझाले बताए।उनले भने, ‘हामीले विगत चार महिनादेखि तलब खान पाएका छैनौं।हामीले हाम्रो पारिश्रमिक माग्न अहिले नगरपालिकामै पुगेका छौं ।’ नगरपालिकाको लापरबाहीका कारण अहिलेसम्म शिक्षकले तलब पाउन नसकेको बताउँदै उनले भने, ‘महिनैपिच्छे दिनुपर्ने तलब चारचार महिनासम्म पनि नपाउँदा घरपरिवार चलाउन शिक्षकहरूलाई गाह्रो भइरहेको छ।यसतर्फ नगरपालिकाको ध्यान जाओस् ।’ गोदावरी नगरपालिकामा स्थायी शिक्षक, राहत शिक्षक, निजी स्रोत शिक्षक, बाल विकास शिक्षक, नगर शिक्षकलगायतका शिक्षक आन्दोलनमा उत्रिएका छन् ।

यस्तै नगरपालिकाले नगर शिक्षकलाई पनि तलबमा विभेद गरेको छ।नगरपालिकाद्वारा राखिएका नगर शिक्षकलाई तलबमा विभेद गरेको भन्दै नगर शिक्षकहरूले पनि आन्दोलनमा सहभागिता जनाएका छन्।नगरपालिकाले अहिले निजी शिक्षकलाई प्राथमिक तहमा मासिक २० हजार, निमावि तहमा २२ हजार र मावि तहमा २५ हजार दिने गरेको छ।आफूहरूको माग भनेको विगतमा नगरपालिकाले निजी शिक्षकको व्ययभारको जिम्मा लिएर यो तलब तोकेकोमा अब भने नगरपालिकाले नगर शिक्षकहरूको तलब वृद्धि हुनुपर्छ भन्ने पनि रहेको राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष शर्मा बताउँछन्।उनले नगर शिक्षक र संघीय शिक्षकबीच विभेद भएको बताए।‘नगर शिक्षक र सरकारी शिक्षकको तलबमा निकै अन्तर छ।सरकारी शिक्षकले प्रावि तहमा ३५ हजार तलब छ, तर नगर शिक्षकले २० हजार मात्रै पाउँछन्’, उनले भने, ‘विभेद भयो भन्ने मात्रै नभई नगर शिक्षकले न त पोसाक भत्ता नै पाउने गरेका छन् ।’

कक्षा १ देखि ७ सम्म स्थानीय पाठ्यक्रम बनाउनुपर्ने भए पनि त्यो अहिलेसम्म नगरपालिकाले नबनाएको पनि उनी बताउँछन् ।

गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले नगरभित्रका विद्यालयले मंसिरमा भर्नुपर्ने माग फाराम नभरेका कारण समस्या आएको बताए।उनले भने, ‘लेखा शाखा प्रमुख पनि अनिवार्य अवकाश भएकाले पनि यसमा समस्या देखिएको हो ।’ अब सोमबारदेखि भने समस्या समाधान हुने गरी काम हुने उनले बताए।‘हामीले महालेखा परीक्षकबाट एकजना कार्यालय प्रमुखका नाममा मलेपमा गएर खाता खोलेका छौं’, उनले भने, ‘पैसा जम्मा भइसकेको छ, अब सोमबारदेखि रोकिएका आर्थिक समस्या समाधान हुने छ ।



from Nagarik News - Home पुष्पराज जोशी

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.