Notification texts go here Contact Us Buy Now!

कूटनीतिको पोशाकमा जासुसी

वासिङ्टन पोस्ट पत्रिकाले सन् १९७८ अप्रील १३ मा सिआइएले हिमाली क्षेत्रमा “न्युक्लियर स्पाइ” राखेको खबर छाप्यो। २५ हजार ६४५ फिट उचाइमा भारतको नन्दादेवी हिमालमा त्यस्तो जासुसी उपकरण छ भन्ने चाल पाएपछि चीन–भारत दुवै शंकित हुनु स्वाभाविक थियो। मोहन कोहलीको “स्पाइज इन द हिमालय” पुस्तकमा यसबारे विस्तृत वर्णन गरिएको छ। लेखकले यस्ता गतिविधिबाट भारत निकै शंकित भएको र उसको राष्ट्रिय सुरक्षामा ठूलो खतरा आउन सक्ने विश्लेषण गरेका छन्।

थोमस बेलद्वारा लिखित “अपरेसन मुस्ताङ” नामक पुस्तकमा सन् २००२ पछिका चार वर्षका रहस्यमय गतिविधिबारे गम्भीरतापूर्वक विवेचना गरिएको छ। यस्ता कैयन् पुस्तक र आलेखमा चीन, भारत र नेपाल विश्वकै सामरिक एवं रणनीतिक केन्द्र हुन सक्ने विश्लेषण गरिएका छन्।

यही क्रममा भारतीय कूटनीतिज्ञ एस.जयशंकरले “द इन्डियन वे, स्ट्राटेजिज फर एन अनसर्टेन वल्र्ड” ग्रन्थमा चीनको प्रभाव बढ्दै जाने विश्लेषण गरेका छन्। सुब्रह्मण्यम जयशंकर परिपक्व कूटनीतिज्ञ भएकाले उनको आँकलन, विश्लेषण, विवेचना र मीमांसा अर्थपूर्ण मानिन्छ। विश्लेषक पामिर गौतम भन्छन्– “समस्या कहाँ छ भन्ने बुझे पनि छरछिमेकका राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउन नसक्नु भारतको कूटनीतिक कमजोरी हो।” सन् १९१५ देखि तीन वर्ष भारतको विदेश सचिव रहेका जयशंकर अमेरिका र चीनमा राजदूत थिए। सन् २०१९ मा उनी विदेशमन्त्री भए। २४० पृष्ठको सो पुस्तकमा भारतीय कूटनीतिका कमजोरीको पनि वस्तुपरक विश्लेषण छ।

राष्ट्र कमजोर भएकै कारण राजनीति मात्र बिथोलिएको छैन, कूटनीति पनि निर्वस्त्र बनेको छ, नेपालमा। राजा महेन्द्रले दलहरूमाथि प्रतिबन्ध लगाएको बेला नेपालमा ब्रिटेनकी महारानी एलिजावेथ (द्वितीय) को भ्रमण भयो। प्रजातन्त्र मासियो भन्नेहरूलाई जवाफ दिन त्यो भ्रमणको चाँजोपाँजो मिलाइएको थियो। महेन्द्रले ५३ राष्ट्रसँग कूटनीतिक साइनो गाँसेर भारत, चीन, जापान, रसिया, अमेरिका सबैलाई “नेपाललाई मद्दत गर्नुहोस्” भन्ने सन्देश दिए। कूटनीतिको पोशाकमा जासुसहरू व्याप्त हुन्छन् भन्ने बुझेका महेन्द्रले विदेशीका गतिविधि निगरानी गर्न छुट्टै संयन्त्र बनाएका थिए।

कूटनीतिज्ञ, पत्रकार आदिको भेषमा बसेका प्रायः धेरैजसोको पहिचान गरेर सूक्ष्मरूपमा उनीहरूका चालचलनबारे अध्ययन गर्न नेपाल गुप्तचर विभाग र “रोयल इन्टेलिजेन्स ब्युरो” लगायतका संयत्र सक्रिय रहेको ऊबेलाका कतिपय व्यक्ति बताउँछन्। उनीहरूको तर्क छ, विज्ञान, प्रविधि र स्रोत÷साधनका दृष्टिले त्यो कालखण्ड कमजोर भए पनि राष्ट्रभक्ति एवं पेसाप्रतिको समर्पणका कारण जनशक्ति प्रभावकारी थियो।

रोमबहादुर थापा, रामप्रसाद श्रेष्ठ, चाँदबहादुर राई, लेकबहादुर पाण्डे, हरिबाबु चौधरी, देवीराम शर्मा, अशोकदेव भट्ट, मोती गुरुङ, जीतबहादुर केसी, दिलिपराज रेग्मी, गणेशप्रसाद अधिकारी हँुदै यदुलाल खरेलसम्मको “कमान्ड” हेर्दा राष्ट्रिय अनुसन्धान विभाग पछिल्ला वर्षहरूमा ह्रासोन्मुख देखिएको छ। यस्तै, सेना र प्रहरीका जासुसी संयत्रहरूले केही सूचना संग्रह गरे पनि विश्लेषण गर्ने क्षमतामा प्रश्न उठाउने धेरै छन्। क–बहादुर र ख–प्रसादबीच गुप्त वार्ता भयो भनेर रिपोर्ट लेख्ने सूचकहरूले वार्तामा के भयो र भोलिका दिनहरूमा त्यसको परिणाम के हुन सक्छ भन्ने विश्लेषण गर्न नसक्दा संयत्रहरूको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ। राजनीतिक हस्तक्षेप र विभिन्न दलका कार्यकर्ताको भर्तीकेन्द्र बनाउँदा सुरक्षा संयन्त्रहरू मक्किँदै गएका छन्।

ओहायो विश्वविद्यालयमा कार्यरत प्राध्यापक क्यारोलिन वाग्नरले एउटा आलेखमा चीनले ५२ लाख भन्दा धेरै युवालाई एसिया, युरोप, अमेरिकाका स्तरीय विश्वविद्यालयमा पढाइरहेको छ भनेकी छिन्। जगजाहेर छ, कूटनीति, राजनीति, विज्ञान–प्रविधि आदिमा निपूर्ण भएपछि पचासौँ वर्ष उनीहरूले राष्ट्र हाक्नेछन्। धेरै वर्षका लागि तयारी गरिरहेको चीनले विज्ञान प्रविधिमा त अहिले नै अमेरिकालाई उछिनेको अमेरिकीहरूकै विश्लेषण छ।

नेपालमा विगतलाई गाली गर्ने, वर्तमानमा मोजमज्जा गर्ने र भविष्य “देखा जायेगा” भन्ने प्रवृत्ति व्याप्त छ। दल र गुटको मात्रै कुरामा अल्मलिएका सारथिहरू राष्ट्रका भरपर्दो नायक बन्न सकेनन्। उच्च दर्जामा पुग्ने धेरैलाई पर्याप्त धन दिएर किन्न सकिन्छ भन्ने विदेशीले बुझेका छन्। महŒवपूर्ण पदमा बस्नेका परिवारलाई यथेष्ट सुख–सुविधा दिएपछि गोपनीय सूचनाहरू पाइने भएकाले त्यस्तैलाई विदेशीले पुल्पुल्याउने गरेका छन्। सज्जन, सरल, इमानदार तथा देशप्रेमीहरू त “बुडबक आदमी” ठहरिएका छन्।

झापाका पुराना पत्रकार तथा समाजसेवी गोपाल गिरी भद्रपुर सहरमा बस्छन्। पूर्वमा भारतको पश्चिम बंगाल र दक्षिणमा बिहारको सिमाना जोडिएको छ, झापामा। गिरीको कथन छ– “केही वर्षयता यस क्षेत्रमा रहस्यमय गतिविधि बढेको देखिन्छ। तस्करीको जालो त छँदैछ, बंगलादेशदेखि पूर्वोत्तर भारतीय प्रान्तका केही आंतकवादी संगठनका लागिसमेत नेपालको खुला सिमाना “सेफ हेबन” जस्तो बनेको देखिन्छ।”

झापादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका सीमान्त क्षेत्रमा बेरोकटोकरूपमा रहस्यमय क्रियाकलाप “दिन दोब्बर रात चौबर” बढेको पत्रकारहरू बताउँछन्। दार्चुलादेखि ताप्लेजुङसम्मका विकट ठाउँमा पनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका अपारदर्शी गतिविधि बढेको पाइन्छ। प्राचीन धर्म–संस्कृति निर्मूल गर्न विदेशी धनको प्रभाव बढिरहेको पाइन्छ। स्वास्थ्य चौकी पनि नभएका सुदूर गाउँमा विदेशी धर्मको उपासना गर्ने-गराउने केन्द्रहरू खुलेका छन्। उनीहरू दसैँ, तिहार, छठ, तिज र लोसारलगायतका पर्व मानेकै कारण नेपालीहरू दरिद्र बनिरहेको तर्क गर्छन्। धर्म परिवर्तन गराउने होड नै चलेको छ। तराई, पहाड र हिमाली क्षेत्रमा नेपालीत्वको जरो खन्ने काम भइरहेको छ। प्रहरी–प्रशासनका लागि त्यो चासो र रुचिको विषय बन्न सकेको पाइँदैन। सरकार नै यसमा बेखबर भएको पाइन्छ। राष्ट्र होइन, जागिर सुरक्षित भए पुग्छ भन्ने दरिद्र सोचले जंगी, निजामती, प्रहरी र गुप्तचरहरूका कैयन्लई आशक्त बनाएको छ। नेताको चरण समाउने र अकुत धन कमाउने ध्याउन्नमा उनीहरूले दायित्व नै बिर्सिएको जनगुनासो छन्।

सन् १९३९ मा सुरु भएर ६ वर्ष चलेको दोस्रो महायुद्धमा ब्रिटिस गुप्तचरहरूले “आर्य मूल” का हिटलरलाई मुर्ख बनाउन केही नक्कली ज्योतिषीहरू पठाए। उनीहरूले हिटलरको ग्रहदशा हेरेर सुझाव दिएछन्– “अब मस्कोमा हमला गर्नुभएमा जर्मनीको विजय सुनिश्चित छ।” बार्बारोसा नामको अपरेसन चलाउन जर्मनीले लाखौँ सैनिक पठायो। सन् १९४१ मा सेप्टेम्बरको चिसोमा हजारौँ सैनिक बाटोमै मरे। जोगीको भेषमा आएका गुप्तचरहरूको कुरा सुनेर गलत निर्णय गर्दा जर्मनीतर्फ ठूलो क्षति भएको केही इतिहासकारको मत छ। बकिङ्घम विश्वविद्यायलयका प्रोफेसर एन्थोनी ग्लिज भन्छन्– “संसारका हरेक कूटनीतिक नियोगमा गुप्तचर रहन्छन्। तर धेरैजसो राष्ट्रले त्यसलाई स्वाभाविक मानेर आँखा चिम्लिदिने गरेका छन्।” उनको कुरा सुन्दा लाग्छ, कूटनीतिमा जासुसी भनेको समोसामा आलु जस्तै रहेछ। तसर्थ, काठमाडौँमा रहेका हरेक दूतावासमा गुप्तचरहरू छन् भन्ने बुझ्न धेरै घोत्लिनै पर्दैन।

राष्ट्रिय सुरक्षाको रक्षार्थ सरकारी तलब खानेहरूले कर्तव्यपालन गरिदिए पुग्छ। दुर्भाग्य नै भन्नुपर्छ, उनीहरूमध्ये कैयन्ले विदेशीको दाना खाएर परराष्ट्र सेवा गरिरहेका छन् । यो नेपालका लागि अभिशाप नै हो।



from Nagarik News - Home युवराज गौतम

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.